झापा । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।

सोमबार सपथ ग्रहणपछि जनप्रतिनिधिहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् ।

नगरपालिकाको कार्यालयमा आयोजना गरीएको सपथ ग्रहण तथा पदबहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् ।

यसअघि नगरप्रमुख प्रसाईले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिएकी थिइन् ।

सपथ ग्रहणपछि नगरप्रमुख प्रसाई, उपप्रमुख संग्रौलासहित वडाध्यक्षहरुले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्दै नगरप्रमुख प्रसाईले २ वटा निर्णय गरेकी छिन् । निम्न वर्गका जनताको पहिचान गरि निशुल्क स्वास्थ्य विमा गर्ने र ५ वर्षभित्रमा नगरमा प्रयाप्त सिँचाईको व्यवस्था गर्ने निर्णय गरीएको  उनले बताइन् ।

सपथग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकले उत्पादन गरेका कृषि सामाग्रीहरुको बजार व्यवस्थापन र प्रशोधनसंगै उद्यमशिलतालाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको भन्दै उत्पादनका लागि सिँचाईको व्यवस्था गरिने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा इञ्चार्ज अग्नि खरेल, संविधानसभा सदस्य मनकुमार गौतम, नरेश खरेल,अमृतलाल राजवंशी, राष्ट्रियसभाका पूर्वसदस्य डिल्लीप्रसाद सिटौला, हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की, जसमाया गजमेरलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यापानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago