झापा । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।

सोमबार सपथ ग्रहणपछि जनप्रतिनिधिहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् ।

नगरपालिकाको कार्यालयमा आयोजना गरीएको सपथ ग्रहण तथा पदबहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् ।

यसअघि नगरप्रमुख प्रसाईले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिएकी थिइन् ।

सपथ ग्रहणपछि नगरप्रमुख प्रसाई, उपप्रमुख संग्रौलासहित वडाध्यक्षहरुले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्दै नगरप्रमुख प्रसाईले २ वटा निर्णय गरेकी छिन् । निम्न वर्गका जनताको पहिचान गरि निशुल्क स्वास्थ्य विमा गर्ने र ५ वर्षभित्रमा नगरमा प्रयाप्त सिँचाईको व्यवस्था गर्ने निर्णय गरीएको  उनले बताइन् ।

सपथग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकले उत्पादन गरेका कृषि सामाग्रीहरुको बजार व्यवस्थापन र प्रशोधनसंगै उद्यमशिलतालाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको भन्दै उत्पादनका लागि सिँचाईको व्यवस्था गरिने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा इञ्चार्ज अग्नि खरेल, संविधानसभा सदस्य मनकुमार गौतम, नरेश खरेल,अमृतलाल राजवंशी, राष्ट्रियसभाका पूर्वसदस्य डिल्लीप्रसाद सिटौला, हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की, जसमाया गजमेरलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यापानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago