गौतम बुद्ध विमानस्थलमा रोकियो विमान, चरा ठोक्किएको आशंका

भैरहवा: अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकापछि आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।
कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको विमानका चालकले बताएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जनाए ।
‘उक्त जानकारी पाउनासाथ तत्काल विमानको जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखियो‚’ साहले भने, ‘विमानमा चरा ठोक्किएको हुन सक्छ । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेन ।’

विमान र रन-वेमा कतै पनि ठोक्किएको चराको अवशेष फेला नपरेपछि चरा विमानको इन्जिनभित्र पसेको हुन सक्ने शंकाले प्राविधिक जाँच गर्नका लागि विमान रोकिएको उनले बताए ।
विमानको जाँचका लागि काठमाडौंबाट प्राविधिक आउने र सबै चेकजाँच गरेर विमान सुरक्षित रहेको प्रमाणित भएपछि मात्र बल्ल उडान हुने छ ।

जजिरा एयरलाइन्सको एयरबस-३२० विमान १ सय २१ जना यात्रु लिएर आइतबार राति २ बजे भैरहवामा अवतरण गरेको थियो । यो विमानले कतार-भैरहवाबीच हवाई उडान गरेको चौथो पटक हो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago