कमलको अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई,उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने विजयी

२०७९, ९ जेष्ठ सोमबार १०:१७

झापा । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई तथा उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।राईले निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे । निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले मात्र ९ हजार ६ सय ५३ मत पाए ।

उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् । न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।अध्यक्षमा पदमा निर्वाचित राई अघिल्लो स्थानीय निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग गोला प्रणालीमा पराजित भएका थिए ।७ वटा वडा रहेको कमल गाउँपालिकामा एमालेले ४ वटा जितेको छ भने कांग्रेस , माओवादी र एकीकृत समाजवादीले एक–एक वटा जितेका छन् ।

वडा नं १ मा कांग्रेसका केदार कटुवाल १७८६, वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बा १८६० , वडा नं ३ मा एमालेका अग्नीप्रसाद कोइराला १७३९ , वडा नं ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई १४७४ , वडा नं ५ मा माओवादी केन्द्रका
लालबहादुर बिष्ट १५९२ , वडा नं ६ मा एमालेकै नरेन्द्र भट्टराई १७५० र वडा नं ७ मा पनि एमालेकै पृथ्वीपती राई १६१२ मतसहित निर्वाचित भएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु