झापा – गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकी उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी छन् ।
यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी हुन् ।
राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएका थिए ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेसका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरिन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…