पाल्पा, १० बैशाख
जिल्ला फुटबल संघ पाल्पाले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार तानसेनमा भएको साधारण सभाले प्रणय विरजंग राणाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । राणाले अध्यक्षका प्रत्यासी मनोहर थापालाई पराजित गरेका हुन । राणाले ९ भोट प्राप्त गरे भने थापाले ५ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय र कृष्ण सारु मगर निर्वाचित भए । सदस्यहरुमा युकि गाहा, दिपेन्द्र खनाल, अनिस श्रेष्ठ, कृष्णबहादुर वाकावल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना र सुजन थापा निर्वाचित भए ।
पाल्पा जिल्लामा पछिल्लो समय फुटबलको गतिविधि अघि बढ्न सकेको थिएन । नयाँ नेतृत्व सङ्गसङ्गै पाल्पाबासीहरुले फुटबलको गतिविधि अगाडि बढ्नेमा आशावादी भएका छन । निर्वाचित भएका प्रणय विरजंग राणा स्पष्टबक्ता, खरो स्वभाव तर लक्ष्य प्रति प्रतिवद्ध हुने ब्यक्ति हुन । कुनै वेला पाल्पाको फूटवलले राष्ट्रिय पहिचान बनाएको इतिहास थियो । हाल त्यो पहिचान बिस्तारै हराउदै गएको थियो ।
अबको नेतृत्वले पुरानो त्यो शाख लाई अझ सवल र सक्षम बनाउने बिश्वास पाल्पालिले लिएका छन । लुम्बिनी प्रदेशको खेल हबको रुपमा पाल्पा उदय हुन सकोस । नेतृत्व प्रती शुभकामना ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…