जिल्ला फुटबल संघ पाल्पामा नयाँ नेतृत्व, राणा निर्वाचित

पाल्पा, १० बैशाख
जिल्ला फुटबल संघ पाल्पाले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार तानसेनमा भएको साधारण सभाले प्रणय विरजंग राणाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । राणाले अध्यक्षका प्रत्यासी मनोहर थापालाई पराजित गरेका हुन । राणाले ९ भोट प्राप्त गरे भने थापाले ५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय र कृष्ण सारु मगर निर्वाचित भए । सदस्यहरुमा युकि गाहा, दिपेन्द्र खनाल, अनिस श्रेष्ठ, कृष्णबहादुर वाकावल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना र सुजन थापा निर्वाचित भए ।

पाल्पा जिल्लामा पछिल्लो समय फुटबलको गतिविधि अघि बढ्न सकेको थिएन । नयाँ नेतृत्व सङ्गसङ्गै पाल्पाबासीहरुले फुटबलको गतिविधि अगाडि बढ्नेमा आशावादी भएका छन । निर्वाचित भएका प्रणय विरजंग राणा स्पष्टबक्ता, खरो स्वभाव तर लक्ष्य प्रति प्रतिवद्ध हुने ब्यक्ति हुन । कुनै वेला पाल्पाको फूटवलले राष्ट्रिय पहिचान बनाएको इतिहास थियो । हाल त्यो पहिचान बिस्तारै हराउदै गएको थियो ।
अबको नेतृत्वले पुरानो त्यो शाख लाई अझ सवल र सक्षम बनाउने बिश्वास पाल्पालिले लिएका छन । लुम्बिनी प्रदेशको खेल हबको रुपमा पाल्पा उदय हुन सकोस । नेतृत्व प्रती शुभकामना ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago