पाल्पाका १० पालिकाहरुमा गठबन्धनको भागबन्डा

पाल्पा, १० बैशाख ।
स्थानीय निर्बाचनमा मनोनयन दर्ताको समय नजिकिएसङ्गै पाल्पाका ५ दलिय गठबन्धनले पालिकामा भागबण्डाको टुंगो लगाएको छ  । पाल्पाका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसलाई ६ वटा, नेकपा माओवादी केन्द्रलाई २ वटा नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीलाई २ वटा पालिकाका प्रमुख पदमा सहमती भएको छ । यस्तै
राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पाटीले भने वडा अध्यक्षमा सहमती गरेका छन् ।

जिल्लाका ८१ वटा वडाहरुका उम्मेदवारको विषयमा छलफल भईरहेको र पालिकाहरु बाटनै टुङ्गो लगाइने गठबन्धनका प्रवक्ता एबम राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो । दर्लामिका अनुसार पालिकाहरुको बाडफाँड भएपछि उम्मेदवारहरुको टुङ्गो शनिबार साझसम्म सम्बन्धीत पाटीले लगाउने छन्।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्वमा बसेको गठबन्धनको बैंठकले लामो छलफलपछि पालिकाका प्रमुख तथा उपप्रमुख पदमा सहमती गरेका हुन। सहमति अनुसार निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले लिने छन । रामपुर नगरपालिका र माथागढी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले लिने छन्। यस्तै पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा नेकपा एस एकीकृत समाजवादीले अध्यक्ष र नेपाली काग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दिने छन । नेकपा माओवादी केन्द्रले तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले उमेदवारी दिने सहमती भएको छ । यसैगरी बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष पद लिने गरी सहमती भएको छ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago