मनमोहक पोखराबारे स्वरूपले गाएको गीत सार्वजनिक (भिडियो)

प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लोभ्याउने गर्छ। प्रकृतिको मनोरम उपहार पोखरा नगरी साँच्चिकै मनमोहक छ। नेपालका विभिन्न स्थानबाट घुम्नेहरुको प्रमुख रोजाइमा पर्ने पोखरा नेपाल भ्रमणका लागि आउने विदेशीका लागि पनि आकर्षणको केन्द्र हो। पोखराको सौन्दर्यबाट मोहित भएर धेरैले साहित्य सिर्जना गरेका छन्।

अनेकौं गीतका शब्दमा पोखरा जोडिएको हुन्छ। त्यही सिलसिलामा पछिल्लो पटक आएको छ नयाँ गीत ‘मनमोहक पोखरा’। हाल जापानमा रहेका पोखरेली सर्जक दीपेन्द्र अधिकारीले पोखराको सौन्दर्यलाई शब्दमा उतारेका छन्। ‘पोखराको मान्छे एकपटक टाढा गएर फर्किंदा बल्ल त्यसको महत्व बुझ्न सकिंदोरहेछ’ अधिकारीले भने, ‘त्यही भएर ‘मनमोहक पोखरा’ गीत लेखेको हुँ।’ उनी समसामयिक विषयवस्तुहरुमा सन्देशमूलक लेख, नियात्राजस्ता विधामा कलम चलाउँछन्। अधिकारीका शब्दहरुमा वसन्त सापकोटाले संगीत भरेका छन्। साहस शाक्यको संगीत संयोजन रहेको गीतमा स्वरुपराज आचार्य, मनिषा राई र रमिला ग्याङमीले स्वर दिएका छन्।

गीतका लागि संयोजन गरिएको संगीतमा रत्न बिक (बाँसुरी), हेमन्त कान्छा (सारङ्गी), सञ्जीव बराइली (गितार), पोषण घर्ती मगर (मादल) को साथ छ। रेकर्डिस्टका रुपमा राजाबाबु चौधरी, अजय कार्की र दिल सार्कीको योगदान रहेको गीत मिक्सिङ र मास्टरिङतर्फ प्रकाश मिश्रले भूमिका निर्वाह गरेका छन्। गीत अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो। पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विशेषता बोकेको गीतलाई म्युजिक भिडियोका रुपमा पनि तयार पारिएको छ।

म्युजिक भिडियोलाई उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने ड्रोन प्रयोगमा विशाल लामा र विकास ताम्राकारले काम गरेका छन्। रोहन आशिवले नृत्य निर्देशन गरेका छन्। त्यसको क्रिएटिभ निर्देशन प्रकाश सुवेदीको छ भने निर्देशन र सम्पादनको जिम्मेवारी निशान घिमिरेले सम्हालेका छन्। म्युजिक भिडियोलाई आकर्षक बनाउन माओत्से गुरुङ, नम्रता सापकोटा, महेश खड्कालगायत कलाकारले जीवन्त अभिनय गरेका छन्।

हेर्नुहोस भिंडियो :-https://youtu.be/mINNUz473NQ

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago