सत्तारुढ दलहरुबीच गठबन्धन नहुने, प्रतिस्पर्धा गर्ने सहमति

काठमाडौं: ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबारसम्म भएको छलफलमा सहमति नभएपछि अब मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निश्कर्षसहित नेताहरु उठेका छन् ।

आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए । ‘गठबन्धन गर्ने विषयमा दलहरुबीच आठ पटक बैठक बस्यो, तर आठवटै बैठकमा दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारीमा पुग्यौं’ उनले भने ।

नेकपा माओवादी केन्द्रका जिल्ला नेता लोकप्रसाद बञ्जराले पनि पटक पटक बैठक बस्दा पनि सहमति नभएपछि आ–आफ्नै सुरले चुनाव लड्ने भनेर बैठक अन्त्य गरेको बताए । ‘हामीले पाँच वटा पालिका मागेका थियौ तर त्यसमा सहमतिको सम्भावना देखिएन’ उनले भने । केन्द्रबाट पहल भएमा सहमतिको प्रयास हुन सक्ने भएपनि अब जिल्ला संयन्त्र बैठकको सम्भावना नरहेको नेता बञ्जराले बताए ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले पनि तालमेलको सम्भावना टरेको बताए । सहमतिका लागि पटक पटक प्रयास गर्दा पनि भागबण्डामा कुरा नमिलेपछि आफ्नै तरिकाले चुनाव लड्ने तयारी गरिएको उनले जानकारी दिए ।

नेताहरुका अनुसार ११ वटा स्थानीय तह रहेको गोरखामा नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टीले २ स्थानीय तहको नेतृत्व नछाड्ने अडान राखेका छन् । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने स्थानीय तहको नेतृत्व मागेको छैन ।

जनता समाजवादी पार्टीले पालुङटार नगरपालिका र कुनै एक गाउँपालिकाको नेतृत्व आफूहरुले माग गरेको थियो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले केन्द्रबाट कुनै निर्देशन आएमा गठबन्धन हुने अन्यथा त्यसको सम्भावना टरेको बताए । ‘गठबन्धन टिकाउन हामीले हदैसम्मको लचकता अपनाउन तयार छौं, तर अरु दलबीच नै कुरा नमिलेपछि अब बैठकको औचित्य र सम्भावना पनि सकियो,’ उनले भने ।

२०७४ सालको मतपरिणाम हेर्दा

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखा र पालुङटार नगरपालिकासहित ७ वटा स्थानीय तहको नेतृत्व जितेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले दुईवटा गाउँपालिकाको नेतृत्व जितेको थियो ।

पालिका अध्यक्षले पाएको मत हिसाब गर्दा कांग्रेसले सबै पालिकामा गरी कुल ३८ हजार ५६३ मत ल्याएको थियो । माओवादी केन्द्रले भने ३४ हजार ९५५ मत ल्याएको थियो । नेकपा एमालेले १७ हजार ८१६ मत र जनता समाजवादी पार्टीले १४ हजार २६४ मत ल्याएका थिए ।

सत्तारुढ गठबन्धनका सबै दलबीच सहमति हुने सम्भावना सकिएको बताएका नेताहरुले गठबन्धनकै एक अर्का दलसँग तालमेलको गृहकार्य भने गरेका छन् । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग तालमेलका लागि छलफल अघि बढाएको छ । सत्ता गठबन्धनकै कतिपय दलले भने नेकपा एमालेसँग गोप्य रुपमा तालमेलको तयारी पनि गरेको नेताहरु निकट स्रोत बताउँछन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago