सत्तारुढ दलहरुबीच गठबन्धन नहुने, प्रतिस्पर्धा गर्ने सहमति

काठमाडौं: ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबारसम्म भएको छलफलमा सहमति नभएपछि अब मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निश्कर्षसहित नेताहरु उठेका छन् ।

आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए । ‘गठबन्धन गर्ने विषयमा दलहरुबीच आठ पटक बैठक बस्यो, तर आठवटै बैठकमा दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारीमा पुग्यौं’ उनले भने ।

नेकपा माओवादी केन्द्रका जिल्ला नेता लोकप्रसाद बञ्जराले पनि पटक पटक बैठक बस्दा पनि सहमति नभएपछि आ–आफ्नै सुरले चुनाव लड्ने भनेर बैठक अन्त्य गरेको बताए । ‘हामीले पाँच वटा पालिका मागेका थियौ तर त्यसमा सहमतिको सम्भावना देखिएन’ उनले भने । केन्द्रबाट पहल भएमा सहमतिको प्रयास हुन सक्ने भएपनि अब जिल्ला संयन्त्र बैठकको सम्भावना नरहेको नेता बञ्जराले बताए ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले पनि तालमेलको सम्भावना टरेको बताए । सहमतिका लागि पटक पटक प्रयास गर्दा पनि भागबण्डामा कुरा नमिलेपछि आफ्नै तरिकाले चुनाव लड्ने तयारी गरिएको उनले जानकारी दिए ।

नेताहरुका अनुसार ११ वटा स्थानीय तह रहेको गोरखामा नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टीले २ स्थानीय तहको नेतृत्व नछाड्ने अडान राखेका छन् । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने स्थानीय तहको नेतृत्व मागेको छैन ।

जनता समाजवादी पार्टीले पालुङटार नगरपालिका र कुनै एक गाउँपालिकाको नेतृत्व आफूहरुले माग गरेको थियो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले केन्द्रबाट कुनै निर्देशन आएमा गठबन्धन हुने अन्यथा त्यसको सम्भावना टरेको बताए । ‘गठबन्धन टिकाउन हामीले हदैसम्मको लचकता अपनाउन तयार छौं, तर अरु दलबीच नै कुरा नमिलेपछि अब बैठकको औचित्य र सम्भावना पनि सकियो,’ उनले भने ।

२०७४ सालको मतपरिणाम हेर्दा

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखा र पालुङटार नगरपालिकासहित ७ वटा स्थानीय तहको नेतृत्व जितेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले दुईवटा गाउँपालिकाको नेतृत्व जितेको थियो ।

पालिका अध्यक्षले पाएको मत हिसाब गर्दा कांग्रेसले सबै पालिकामा गरी कुल ३८ हजार ५६३ मत ल्याएको थियो । माओवादी केन्द्रले भने ३४ हजार ९५५ मत ल्याएको थियो । नेकपा एमालेले १७ हजार ८१६ मत र जनता समाजवादी पार्टीले १४ हजार २६४ मत ल्याएका थिए ।

सत्तारुढ गठबन्धनका सबै दलबीच सहमति हुने सम्भावना सकिएको बताएका नेताहरुले गठबन्धनकै एक अर्का दलसँग तालमेलको गृहकार्य भने गरेका छन् । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग तालमेलका लागि छलफल अघि बढाएको छ । सत्ता गठबन्धनकै कतिपय दलले भने नेकपा एमालेसँग गोप्य रुपमा तालमेलको तयारी पनि गरेको नेताहरु निकट स्रोत बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago