काठमाडौं महानगरपालिकामा एमाले ह्याट्रिक गर्ने कसरी !

काठमाडौं: काठमाडौं महानगरपालिकामा यसपटकको चुनाव पनि जितेर नेकपा एमाले ह्याट्रिक गर्ने योजनामा छ । चुनाव केन्द्रित आन्तरिक छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनुले काठमाडौं महानगरको चुनाव एमालेका निम्ति विशेष प्राथमिकतामा रहेको बुझ्न गाह्रो पर्दैन ।

‘महानगरको उम्मेदवार केन्द्रीय नेतृत्वबाट टुंग्याउने भन्ने पार्टी निर्णय नै हो । पार्टी अध्यक्षले चासो लिनुलाई स्वभाविक मान्नुपर्छ’, काठमाडौं जिल्ला सहइन्चार्ज रहेका एमाले केन्द्रीय सदस्य कृष्ण राई भन्छन् । देशको राजधानी रहेको काठमाडौं महानगरको चुनावलाई अन्य दलले पनि प्रतिष्ठासँग जोडेका छन् । त्यसैले २०५४ र ०७४ को चुनाव जितेको एमालेले महानगरको नेतृत्व नछोड्ने योजना बनाउनु अस्वभाविक होइन ।

तर ‘एमाले ह्याट्रिक सपना’मा तत्कालको समस्या भने आकांक्षी व्यवस्थापन गर्दै उम्मेदवार चयन गर्नु नसक्नु हो । महानगर कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्न नसकेपछि जिल्ला कमिटीमा छलफल भइरहेको छ । ‘अझै केही दिन लाग्न सक्छ । सके त सर्वसम्मत सिफारिस गर्ने भन्ने नै हो, हामी छलफलमा छौं’, एक जिल्ला नेता भन्छन् ।

आगामी ३० वैशाखमा हुने चुनावमा मेयरका उम्मेदवार हुन चाहेकामध्ये विद्यासुन्दर शाक्य र केशव स्थापितको दाबी बलियो रहेको एमाले नेताहरु बताउँछन् । दुवै पछि हट्न चाहेका छैनन् । स्थापित २०५४ र शाक्य २०७४ को चुनावबाट मेयर बनेका हुन् । तर एमाले नेताहरू भने मनोनयन दर्ता हुने बेलासम्म सर्वसम्मत रुपमा उम्मेदवार चयन हुने र यस पटकको निर्वाचन जितेरै छोड्ने दाबी गर्छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago