कांग्रेसमा गुटबीच सार्वजनिक रुपमै विवाद, नेताहरू आरोप प्रत्यारोपमा उत्रिए

विराटनगर: मोरङ कांग्रेसमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच विवाद सार्वजनिक रुपमै देखिएको छ । पार्टीको १४ औं महाधिवेशनका बेलादेखिकै विवाद स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा थप जटिल बन्दै गएको छ ।

पछिल्लो समय चुनावी गठबन्धनलाई लिएर पनि दुई नेताका गुटबीच सार्वजनिक रुपमै विवाद देखिएको हो । जिल्ला समितिसहित जिल्लाका १७ स्थानीय तहमध्ये १४ पालिकामा कोइराला पक्षको बहुमत छ । सोही कारण पनि कोइराला पक्षले देउवा पक्षका नेताका नाम उम्मेदवारको रुपमा सिफारिस नगर्ने गरेको देउवा पक्षका कार्यकर्ताको आरोप छ ।
कोइराला पक्षले सम्भावित उम्मेदवारको नाम सिफारिस गर्दा उम्मेदवारका प्रमुख दावेदार समेत रहेका देउवा समूहका नेता कार्यकताको नाम नै सिफारिस नगर्ने र गरिएकाको पनि मर्यादाक्रम मिचेर सिफारिस गरेको भन्दै देउवा पक्षको असन्तुष्टि रहँदै आएको छ ।

तर कांग्रेसको प्रदेश १ समितिमा भने देउवा र कृष्ण सिटौला समूहको बहुमत छ । त्यसैले कोइरालाको बहुमत रहेका गाउँ र नगर समितिले मर्यादाक्रम मिचेर सिफारिस गरिएका सम्भावित उम्मेदवारको मर्यादाक्रम उल्ट्याउने र पूर्वाग्रही भएर सिफारिस गरिएका नामावलीमा देउवा पक्षका नेताको नाम थप्ने गरेपछि विवाद थप चर्किएको छ ।

कोइराला समूहको बहुमत रहेको विराटनगर महानगर समितिले अघिल्लो शनिबार मेयरका लागि सम्भावित ७ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गर्दा कोइराला समूहलकालाई मर्यादा क्रममा अगाडि राखेर देउवा समूहका केन्द्रीय सदस्यलाई पछाडि राखेपछि किचलो थप चुलिएको थियो ।

महानगर समितिले जिल्ला उपसभापति नागेश कोइराला, हालकी मेयर इन्दिरा कार्की र नगर सभापति दीपक चापागाइँलाई पहिलो, दोस्रो र तेस्रो मर्यादाक्रममा राखेको थियो । उनीहरु तीनै जना कोइराला समूहका हुन् । कार्की अघिल्लो पटक देउवा समूहबाट उपमेयर भएकी थिइन् ।

केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हालका मेयर भीम पराजुलीलाई क्रमश: चौथो, पाँचौं र छैटौं मर्यादामा सिफारिस गरिएको थियो । त्यसैगरी निबृत्त कर्मचारी गोपाल रेग्मीलाई सातौं नम्बरमा सिफारिस गरिएको थियो ।

तर प्रदेश समितिले बिहीबार त्यसलाई ठीक उल्टो गरी प्रदेश समितिले अर्याल पहिलो, संग्रौला दोस्रो, पराजुलीलाई तेस्रो मर्यादा क्रममा राखेर केन्द्र समक्ष नाम सिफारिस गरेको प्रदेश समिति स्रोतले बतायो । कार्की, कोइराला, चापागाइँ र रेग्मी चौथो क्रमश: पाँचौं, छैटौं र सातौ मर्यादामा छन् ।

यद्यपि महानगरको मेयरका सम्भावित उम्मेदवार सिफारिस गर्ने क्रममा देउवा समूह निकट रामकृष्ण भट्टराई, फुकुमार लालवनी र अरुण गुप्ताको नाम महानगर कमिटीले सिफारिस नगरेपछि उत्पन्न भएको विवादलाई साम्य पार्न जिल्ला समितिले उनीहरुको नाम बिहीबार प्रदेश समिति समक्ष सिफारिस गरेको जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए ।

प्रदेश समितिले उनीहरु तीनै जनाको नाम पनि बिहीबार केन्द्रीय समिति समक्ष सिफारिस गरेको बुझिएको छ । त्यसैगरी कोइराला समूहको बाहुल्य रहेको सुन्दर हरैँचा नगर समितिले हालका मेयर देउवा समूहका शिवप्रसाद ढकालको नाम काटेर नगर सभापति भक्ति सिटौलाको नाम मात्र सिफारिस गरेपछि उत्पन्न भएको विवादलाई पनि जिल्ला समितिले बिहीबार मेयर ढकालको नाम पनि प्रदेश समिति समक्ष सिफारिस गरेर विवाद साम्य भएको छ ।

उम्मेदवारीकै खिचातानीलाई लिएर स्थानीय नेताहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् । यस क्रममा जिल्ला सभापति लिम्बुले सुन्दर हरैँचामा पार्टीभित्रै प्रतिबन्धको राजनीति भएको भन्दै आपत्ति जनाएका छन् । देउवा पक्षलाई लक्षित गर्दै उनले पूर्वाग्रह र प्रतिबन्धको राजनीतिले आसन्न निर्वाचनमा पार्टीभित्रै अन्तर्घातको विजारोपण हुने स्थिति दखिएको बताए ।

आगामी निर्वाचनमा दुई नेताका सम्भावित गुटगत गतिविधिलाई साम्य पार्न नेतृत्वलाई नै हम्मे पर्ने कांग्रेसकै नेताहरू बताउँछन् । कोइराल समूहले टिकट पाउँदा देउवा समूह विद्रोहमा निस्कने र देउवा समूहले टिकट पाउँदा कोइराला समूह अन्तर्घातमा निस्कने स्थिति सिर्जना भएको देउवा पक्षीय एक नेताको तर्क छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago