पाल्पाका १० पालिकाहरुमा गठबन्धनको भागबन्डा

पाल्पा, १० बैशाख । स्थानीय निर्बाचनमा मनोनयन दर्ताको समय नजिकिएसङ्गै पाल्पाका ५ दलिय गठबन्धनले पालिकामा भागबण्डाको टुंगो लगाएको छ । पाल्पाका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसलाई ६ वटा, नेकपा माओवादी केन्द्रलाई २ वटा नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीलाई २ वटा पालिकाका प्रमुख पदमा सहमती भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पाटीले भने वडा अध्यक्षमा सहमती गरेका छन् ।

जिल्लाका ८१ वटा वडाहरुका उम्मेदवारको विषयमा छलफल भईरहेको र पालिकाहरु बाटनै टुङ्गो लगाइने गठबन्धनका प्रवक्ता एबम राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो । दर्लामिका अनुसार पालिकाहरुको बाडफाँड भएपछि उम्मेदवारहरुको टुङ्गो शनिबार साझसम्म सम्बन्धीत पाटीले लगाउने छन्।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्वमा बसेको गठबन्धनको बैंठकले लामो छलफलपछि पालिकाका प्रमुख तथा उपप्रमुख पदमा सहमती गरेका हुन। सहमति अनुसार निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले लिने छन । रामपुर नगरपालिका र माथागढी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले लिने छन्। यस्तै पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा नेकपा एस एकीकृत समाजवादीले अध्यक्ष र नेपाली काग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दिने छन । नेकपा माओवादी केन्द्रले तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले उमेदवारी दिने सहमती भएको छ । यसैगरी बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष पद लिने गरी सहमती भएको छ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago