पाल्पाका १० पालिकाहरुमा गठबन्धनको भागबन्डा

पाल्पा, १० बैशाख । स्थानीय निर्बाचनमा मनोनयन दर्ताको समय नजिकिएसङ्गै पाल्पाका ५ दलिय गठबन्धनले पालिकामा भागबण्डाको टुंगो लगाएको छ । पाल्पाका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसलाई ६ वटा, नेकपा माओवादी केन्द्रलाई २ वटा नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीलाई २ वटा पालिकाका प्रमुख पदमा सहमती भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पाटीले भने वडा अध्यक्षमा सहमती गरेका छन् ।

जिल्लाका ८१ वटा वडाहरुका उम्मेदवारको विषयमा छलफल भईरहेको र पालिकाहरु बाटनै टुङ्गो लगाइने गठबन्धनका प्रवक्ता एबम राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो । दर्लामिका अनुसार पालिकाहरुको बाडफाँड भएपछि उम्मेदवारहरुको टुङ्गो शनिबार साझसम्म सम्बन्धीत पाटीले लगाउने छन्।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्वमा बसेको गठबन्धनको बैंठकले लामो छलफलपछि पालिकाका प्रमुख तथा उपप्रमुख पदमा सहमती गरेका हुन। सहमति अनुसार निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले लिने छन । रामपुर नगरपालिका र माथागढी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले लिने छन्। यस्तै पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा नेकपा एस एकीकृत समाजवादीले अध्यक्ष र नेपाली काग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दिने छन । नेकपा माओवादी केन्द्रले तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले उमेदवारी दिने सहमती भएको छ । यसैगरी बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष पद लिने गरी सहमती भएको छ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago