कोभिडकालमा भारतबाट ७ अर्बको तरकारी आयात, धादिङलगायत जिल्लामा करिब ४ अर्बको नष्ट

काठमाडौँ: आयात नियन्त्रणमा कडाइ गर्न बैंकहरूले अत्यावश्यकबाहेक सामग्रीमा प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरे पनि ९ महिनामा अर्बौं रुपैयाँको विलासिताका सामान आयात भएका छन् । विलासिताका वस्तुसँगै मुलुकमै उत्पादन हुन सक्ने फलफूल तथा खाद्यान्नको आयातसमेत ह्वात्तै बढेको छ । ९ महिनाको मात्रै व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । यो घाटा गत वर्षको ९ महिनाको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँ मात्रै थियो । अहिले भने घाटा बढेको बढ्यै छ । ‘१४ खर्ब ६६ अर्ब ६६ करोडको सामान आयात हुँदा १ खर्ब ६० अर्ब ५७ करोडको मात्रै निर्यात गर्न सकियो,’ विभागका एक अधिकारीले भने, ‘आयात यही रफ्तारमा रहे व्यापार घाटा १७ खर्ब नाघ्छ ।’ निर्यात भएका वस्तुमा भटमास, पाम तेल, सनफ्लावर तेल अगाडि छ । ती वस्तु स्वदेशमै उत्पादन हुने भए पनि व्यवसायीले कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुनः निर्यात गरिरहेका छन् । जसले गर्दा समग्र निर्यात व्यापार बढाइदिएको छ ।

‘खाने तेल स्वदेशमै उत्पादन गर्न सकिन्छ । तर अर्बौं रुपैयाँको आयात भएको छ । बंगलादेशबाट पिनासमेत आयात भएको छ,’ वाणिज्य विज्ञ रवि सैंजुले भने, ‘आयातित कच्चा पदार्थ रिफाइन गरेर निर्यात गरेका छौं । विडम्बना खाने तेल निर्यात गर्‍यौं भनेर मक्ख परेका छौं ।’ सबैभन्दा बढी डिजेल १ खर्ब ५ अर्ब ९७ करोड, पेट्रोल ४७ अर्ब २३ करोड, ग्यास ४५ अर्ब ३४ करोडको आयात भएको छ । इन्धनको विकल्पमा विद्युतीय सवारी, विद्युतीय चुलोको चर्चा चले पनि इन्धनको आयात र खपत बर्सेनि बढ्दो छ ।
विलासिताकै वस्तु सवारी, सुनचाँदी, रक्सी, चुरोट, मोबाइल, पर्फ्युम, कपालमा लगाउने रंग, बडी लोसनसमेत अर्बौं रुपैयाँको आयात भएको छ । यस्ता वस्तु आयातले विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा छ । ‘बडी लोसन, कपालमा लगाउने तेल, क्रिमलगायत वस्तु अत्यावश्यक होइनन्, अहिलेको खराब अर्थतन्त्रमा ती वस्तु आवश्यक छैनन्,’ अर्थविद् केशव आचार्यले भने, ‘प्राथमिकताको हिसाबले स्वदेशमै उत्पादन गर्न सके पनि उद्योग स्थापनाभन्दा ट्रेडिङमा जोड भयो । जसले गर्दा थप समस्या देखिएको हो ।’

भन्सार विभागका अनुसार ९ महिनामा ४६ अर्ब ३४ करोड रुपैयाँको सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएको छ । जबकि २०७७/७८ मा ७० अर्ब ७२ करोडको आयात भएको थियो । त्यस्तै, यही अवधिमा ३ अर्ब १० करोडको ड्राई फ्रुट्स, २८ करोड ८४ लाखको पर्फ्युम, ३५ अर्ब ६ करोडको मोबाइल तथा टेलिफोन आयात भएको छ । २ अर्ब ४२ करोडको चुरोट तथा सुर्तीजन्य पदार्थ, २ अर्ब ३९ करोडको रक्सी भित्रिएको छ । हाल यी वस्तुको एलसी बन्द छ । २८ अर्ब ५४ करोडको सुन, १२ अर्ब ८३ करोडको चाँदी भित्रिएको छ । त्यस्तै, ४ अर्ब ३८ करोडको चिनी, ९९ करोडको लसुन, १६ करोडको मेवा, १ अर्ब ३१ करोडको केरा आयात भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार मुलुकभर ७५ हजार ३ सय ६८ हेक्टरमा फलफूल खेती हुन्छ । ती क्षेत्रफलमा वार्षिक ८ लाख ५८ हजार ८ सय २२ टन उत्पादन हुन्छ । ‘मागअनुसार उत्पादन हुन सकेको छैन, त्यही भएर आयातमै भर परिरहेका छौं,’ उनले भने । ९ महिनामा ६४ करोडको कागती, ५ अर्ब ५६ करोडको स्याउ, १ अर्ब १ करोडको अनार आयात भएको छ । फलफूल जस्तै अन्नको आयात पनि अस्वाभाविक रूपले बढेको छ । ५ अर्ब ३० करोडको गहुँ र १५ अर्ब ५ करोडको मकै आयात भएको छ । मन्त्रालयका अनुसार मुलुकभर ७ लाख ७ हजार ५ सय ५ हेक्टरमा गहुँ खेती गरिन्छ । वार्षिक उत्पादन २१ लाख ८५ हजार २ सय ८९ टन हो । मकै ९ लाख ५७ हजार ६ सय ५० हेक्टरमा खेती हुन्छ, जहाँ वार्षिक २८ लाख ३५ हजार ६ सय ७४ टन उत्पादन हुन्छ । ९ महिनाको अवधिमा १५ अर्ब २२ करोडको धान र २४ अर्ब ९० करोडको चामल आयात भएको छ । मुलुकभर १४ लाख ५८ हजार हेक्टरमा धान खेती हुन्छ । ती क्षेत्रफलबाट ५५ लाख ५० हजार ८ सय ७८ टन उत्पादन हुन्छ ।

वाणिज्य विज्ञ सैंजुले बजार व्यवस्थापन नहुँदा किसानको उत्पादन बजारसम्म पुग्न नसकेको बताए । ‘कोभिडकालमा भारतबाट ७ अर्बको तरकारी आयात हुँदा धादिङलगायत जिल्लामा करिब ४ अर्बको नष्ट भयो । आन्तरिक व्यवस्थापन गर्न नसकेर समस्या भइरहेको छ,’ उनले भने, ‘किसानले उत्पादन बजारसम्म लैजान सकेका छैनन् । सरकारले यहीं भएको सामान परिचालन गर्नुपर्छ ।’ स्वदेशी उत्पादन उपभोग गर्न सके आयात स्वतः घट्ने उनले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago