व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम ल्याउने : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भन्नुभयो, ‘‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’’

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गर्नुभएको थियो । उहाँले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधनका साथै विद्युतीय चुलोलगायतको प्रयोग बढाउने खालका नीतिहरु अघि बढाउन पनि सम्बद्ध सबै अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्नुपर्ने र विद्युत्को खपत बढाउनुपर्ने अवस्था छ ।’’

उक्त समीक्षा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरु पनि सहभागी हुनुहुन्थ्यो । – रासस

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago