अपि पावरको हकप्रद शेयरमा चैत्र २५ देखि आवेदन दिन सकिने

अपि पावर कम्पनी लिमिटेड (API) को १ बराबर ०.३९३६३३ (१ : ०.३९३६३३ ) अर्थात ३९.३६३३% हकप्रद शेयर निष्काशन मिति २०७८ चैत्र २५ देखि खुल्ला हुने भएको छ।

कम्पनीको हाल कायम चुक्ता पूंजी रु.२ अर्ब ७५ करोड ८९ लाख १५ हजारको ३९.३६३३% अर्थात रु.१ अर्ब ८ करोड ६० लाख बराबरको रु.१०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनमा आउन लागेको हो। निष्काशन बाट प्राप्त रकम कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा निर्माण गर्न उपयोग गर्नेछ।

निष्काशन मिति २०७९ बैशाख १५ गते बैंकिङ्ग समय पश्च्यात बन्द रहने छ भने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

यस्तै, हाइड्रोपावरको हकप्रद शेयर निष्काशनको लागि २०७८ चैत्र १४ गते शेयरधनी दाखिल खारेज बन्द रहने छ।

तसर्थ, मिति २०७८ चैत्र १३ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउने छन्।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago