फाइल फोटो
जापान । बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजित हुन लागेको जनाईएको छ । भलिबल प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उप-समिति गठन गरी जिम्मेवारी बाडफाडका साथ प्रतियोगिताको तयारी थालेको कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताउनुभयो । समाजले कार्यक्रम संयोजकको जिम्मेवारी कार्यसमिती सदस्य बसन्त थापालाई प्रदान गरेको छ भने कार्यक्रमको सम्पूर्ण ब्यवस्थापकिय जिम्मेवारी उपाध्यक्ष गुरु प्रसाद सापकोटालाई दिईएको महासचिब राजु केसिले जानकारी दिनुभयो । त्यसैगरी आर्थिक,प्रचार प्रसार स्वयम्सेवक तथा अतिथी ब्यवस्थापक लगायतमा पनि जिम्मेवारी बाडफाड गरी तयारी अगाडि बढाईएको जनाईएको छ। प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद १ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुवै समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र प्रदान गरिने बताईएको छ । यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पिकेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ्टर र बेष्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको सिन्जुकु कज्मिक सेन्टर(Shinjuku Cosmic Center) मा बिहान ९ बजे देखि खेल संचालन हुने समेत बताईएको छ । खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…