नेपाल-भारत उडानमा चर्को प्रतिस्पर्धा, एकतर्फी भाडा ५० हजारबाट ८ हजारमा झर्यो

काठमाडौं: सीमित उडान संख्याका कारण दुई वर्षदेखि सकसमा रहेको नेपाल-भारत उडानमा चर्को प्रतिस्पर्धा सुरु भएको छ। त्यससँगै कुनैबेला एक लाख रुपैयाँ हाराहारी पुगेको काठमाडौं-दिल्ली-काठमाडौं दुईतर्फी भाडा यतिबेला १६ हजार रुपैयाँसम्म झरेको छ। यो रुटमा सीमित उडान हुँदा हवाइ भाडा एकतर्फी नै ५२ हजार रुपैयाँसम्म पुगेको थियो, जुन अहिले आठ हजार हाराहारीमा झरेको हो।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार अहिले काठमाडौं-दिल्ली वा उताबाट फिर्ता आउने एकतर्फी हवाइ भाडादर जम्मा आठ हजार तीन सय रुपैयाँ रहेको छ।

यस्तै, दिल्ली-काठमाडौं-दिल्‍ली उडानमा एयर इन्डियाको पनि अहिले सुरुआती राउण्ड ट्रिप भाडादर १७ हजार रुपैयाँ रहेको यसले नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) प्रेसिडेन्ट इन्टरनेशनलले जनाएको छ। एयर इन्डिया हालै टाटा समूहको स्वामित्वमा आएको छ।

कोभिडका कारण दुई देशका राष्ट्रिय ध्वजावाहकले सातामा सात-सातवटा मात्र उडान गर्दै आएकोमा अहिले निजी क्षेत्रका अन्य वायुसेवाले पनि उडान सुरु गरेका छन्। यससँगै प्रतिस्पर्धा तीव्र हुँदा यी दुई देशका गन्त्वयको हवाइ भाडादर स्वाट्टै तल ओर्लिएको हो।

दुई वर्षपछि गत फेब्रुअरी १६ बाट निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो सेवा सुरु गरेका हुन्। त्यससँगै, यतिखेर प्रतिस्पर्धा चर्किन थालेको हो।

टाटाकै स्वामित्वमा रहेको भिस्तारा एयरलाइन्सले पनि दिल्ली-काठमाडौं-दिल्ली यो गन्तब्यका लागि दुईतर्फी हवाई भाडादर १८ हजार छ सय रुपैयाँ निर्धारण गरेको छ।

कोभिड सुरु भएयता दुवै मुलुकको ध्वजावाहक कम्पनी (नेपाल वायुसेवा निगम र एयर इण्डिया) ले मात्र नेपाल-भारत नियमित उडान सेवा दिँदै आएका थिए। पछिल्लो एक सातायता भने भारतको इण्डिगो र भिस्तारा एयरलाइन्सले उडान सुरु गरेका छन्।

एयर बबल सम्झौता संशोधन भएसँगै बुधबारबाट निजी वायुसेवा कम्पनीले पनि उडान सुरु भएपछि यतिखेर हवाई भाडादरमा ‘कटथ्रोट कम्पिटिसन’ पहिलेकै लयमा फर्किएको हो।

निगम र एयर इन्डिया पनि उडान थप्दै

हाल काठमाडौं-दिल्लीतर्फ साताको सातवटा मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगम भारतको मुम्बई र बैंगलोरको पनि उडान थाल्ने गृहकार्यमा छ। तर त्यसको तालिका भने सार्वजनिक गरिसकेको छैन। निगमकी प्रवक्ता अर्चना खड्का भन्छिन्, ‘हामीले दिल्लीबाहेकका दुई गन्तब्यमा नियमित उडान सुरु गर्नका लागि भारतसँग पत्राचार गरिसकेका छौं। उताबाट अनुमति पाएलगत्तै हामी तालिका सार्वजनिक गर्नेछौं।’

यस्तै, अहिले दिल्ली-काठमाडौं-दिल्ली साताको सातवटा उडान गर्दै आएको भारतीय ध्वजावाहक कम्पनी एयर इण्डियाले पनि आउँदो मार्च २७ बाट दिल्ली-काठमाडौंको उडान संख्या थप्नुका साथै कोलकाताबाट काठमाडौं पनि उडान सुरु गर्ने योजना रहेको जनाएको छ।

एयर इण्डियाको नेपालस्थित कार्यालयका एक कर्मचारी भन्छन्, ‘स्लट निश्चित हुन बाँकी नै छ। तर २७ मार्चबाट कोलकाता-काठमाडौं दुईतर्फी उडान गर्ने योजना बनाएका छौं। योसँगै हामीले दिल्ली उडान संख्या विस्तार गर्नेछौं।’

कोभिडअघि कम्पनीले यो गन्तव्यमा साताको चारवटा उडान गरेको थियो। मार्च २७ बाट पनि साताको चारवटा नै उडान गर्ने तयारी रहेको कम्पनीले जनाएको छ।

‘हामीले दिल्लीतर्फ दैनिक दुईवटा उडान गर्ने योजनामा छौं। योसँगै कोलकाता छँदैछ। हामीले बैंगलोर र मुम्बाई उडान पुनः सुरु गर्नका लागि प्रस्ताव गरेका छौँ। अब हेर्रौँ अब के हुन्छ।’ ती कर्मचारीले भने।

अरु वायुसेवा कम्पनी थपिएसँगै सुरुवाती उडान भाडादर नै आठ हजार रुपैयाँमा झरेको कम्पनीले जनाएको छ। प्रेसिडेन्ट इन्टरनेशनलका रिजर्भेशन एण्ड मार्केटिङ एक्जिक्युटिभ अखण्ड बज्राचार्य भन्छन्, ‘काठमाडौं-दिल्लीतर्फको सुरुआती भाडादर यहाँभन्दा घट्ने ठाउँ छैन। योभन्दा तल झर्दा त संचालन लागत नै उठ्न गाह्रो हुन्छ।’

तर, भारतको बजेट एयरलाइन्सले पनि आउँदो मार्च २ बाट मुम्बई-काठमाडौंतर्फ साताको तीनवटा उडान गर्ने भएको छ। त्यसपछि भाडादरमा कस्तो प्रभाव पर्छ भन्ने देखिन बाँकी नै छ।

एयर इन्डियाले काठमाडौं-मुम्बईका लागि पनि प्रमोशनल फेयर निर्धारण गरेको छ। कम्पनीले सुरुआती भाडादर करिब साढे १८ हजार रुपैयाँ राखेकोमा डेढ महिनापछि अवस्था हेरेर भाडादर समायोजन हुने बताएको छ।

पहिलोपटक मुम्बई-काठमाडौं उडान गर्न लागेकाले कम्पनीले प्रमोशनल फेयरअन्तर्गत सुरुवाती भाडादर १८ हजार छ सय रुपैयाँ निर्धारण गरेको बज्राचार्यले जानकारी दिए।

पछिल्लो समय एयर बबल सम्झौता संशोधन भएसँगै नेपाल र भारतको तर्फबाट साताको २८- २८ वटा नियमित उडान हुने निर्णय भएको थियो।

भारतले जारी गरेको पत्राचार अनुसार भारतको तर्फबाट एयर इण्डिया र भिस्ताराले साताको सात-सात वटा उडान गर्नेछन् भने इण्डिगोले साताको १४ वटा उडान गर्नेछ।

नेपाल वायुसेवा निगम, एयर इण्डिया, इण्डिगो, भिस्तारा लगायत विभिन्न वायुसेवा कम्पनीले आउँदो मार्चबाट दिल्लीसँगै बैंगलोर, मुम्बाई, कोलकाता लगायत भारतका अरु गन्त्बयमा पनि उडान सुरु गर्न लागेका हुन्।

टाटाकै स्वामित्वमा रहेको भिस्तारा एयरलाइन्सले सुरुमा साताको तीनवटा उडान गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। कम्पनीले साताको सातवटा नियमित उडान अनुमति पाए पनि अहिले तीनवटा मात्र उडान गरेको कम्पनीले जनाएको छ।

कोभिड-१९का कारण भारतले दुईतर्फी उडानमै बन्देज लगाएपछि एक वर्षयता एयरबबल सम्झौताअनुसार दुई मुलुकका ध्वजावाहकले काठमाडौं-नयाँदिल्ली उडान गर्दै आएका थिए। सम्झौता अनुसार दुवै मुलुकका एक-एकवटा वायुसेवा कम्पनीको सीमित उडान हुँदा एकतर्फी भाडादर नै ५० हजारमाथि पुगेको थियो।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago