काठमाडौं: घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाई गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत गरेको घोषणा अनुसार सो कर्जामा कडाई गरिएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्ट, गाडी कर्जा, घरजग्गा तथा सेयर धितो कर्जामा जोखिम भार पुनरावलोकन गर्ने बताएको थियो । सोही व्यवस्था अनुसार यी क्षेत्रको कर्जामा कडाई गरेको हो ।
नयाँ व्यवस्था अनु्सार व्यक्तिगत ओभरड्राफ्ट कर्जा दिनको लागि बैंकहरुले १५० प्रतिशत जोखिमभार राख्नु पर्ने भएको छ ।
यस्तै, व्यक्तिगत अटोलोन, घरजग्गा खरिद तथा विकास कर्जा र मार्जिन प्रकृतिको सेयर धितोकर्जामा पनि १५० प्रतिशत जोखिभार कायम गर्नु पर्नेछ । यो व्यवस्था भने आगामी असार मसान्तदेखि लागु हुनेछ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…