नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शंकर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए । ‘चैते धानको उत्पादन वृद्धि गर्नका लागि केन्द्रले पकेट क्षेत्र लागू गर्दै किसानलाई अनुदान वितरण गर्दै आइरहेको छ’, उनले भने, ‘जिल्लाको गैँडाकोट ११, कावासोती १४ र १७ तथा बुलिङटारमा धान पकेट क्षेत्र लागू गरिएको छ ।’

धान पकेट क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति पकेट रु २४ लाखसम्म तथा नयाँ क्षेत्रमा रु १२ लाखसम्म अनुदान दिइने गरेको बागबानी विकास अधिकृत पौडेलले बताए । केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उनको भनाइ छ । पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरणलगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताए ।

धानको पकेट क्षेत्र हुनका लागि एकै ठाउँमा १५० हेक्टर जमिनमा धानखेती गरिएको हुनुपर्ने उनको भनाइ छ । जिल्लामा चैते धान उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरेसँगै चैते धानतर्फ किसानको आकर्षण बढ्दै गएको पौडेलले बताए । गतवर्ष ७०० हेक्टरमा रोपाइँ भएको चैते धान यसवर्ष ७५० हेक्टर क्षेत्रफलमा हुने विश्वास गरिएको उनको भनाइ छ ।

यसवर्ष कावासोती–१४ लाई धानको पकेट क्षेत्रको रुपमा समावेश गरिएका कारण पनि चैते धान लगाउने क्षेत्रफलमा वृद्धि हुने भएको छ । केन्द्रसँगै यहाँका विभिन्न स्थानीय तहले धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु, विनयी त्रिवेणी र बुलिङटारमा चैतधान उत्पादन हुँदै आएको छ ।

जिल्लामा विशेषगरी चैते धानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको अधिकृत पौडेलले जानकारी दिए । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago