काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुका लागि ह्वीप जारी गरेको छ । एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएकाले बुधबार नै कांग्रेसले ह्वीप जारी गरेको हो ।
‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राख्ने र उक्त प्रस्ताव बहुमतले स्वीकृत गर्नुपर्ने भएकोले ह्वीप जारी गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।
‘प्रतिनिधिसभामा एमसीसीसम्बन्धी प्रस्ताव आउने र त्यसलाई बहुमतले स्वीकृत गर्नुपर्ने भएकाले सांसदहरुलाई अनिवार्य उपस्थित हुन हामीले भनेका छौं,’ उनले भनिन्, ‘भोलि पनि महत्वपूर्ण बैठक भएकाले सबैलाई उपस्थित हुन भनिएको हो ।’
सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ । संसद्को सम्भावित कार्यसूचीमा पनि एमसीसीको विषय राखिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…