प्रचण्ड’ र नेपाल भने १ सय ६५ सीटमै तालमेल गर्ने

काठमाडौ: प्रतिनिधि सभाको १ सय ६५ प्रत्यक्ष सीटमध्ये जम्मा ६५ सीटमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने गरी नेताहरूले गृहकार्य थालेका छन्।सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे छलफल भैरहेको स्रोतले दाबी गरेको छ। आगामी आमनिर्वाचनमा गठबन्धनसहित जाने सत्तारूढ दलहरूको तयारीका बीच भइरहेको यो गृहकार्यलाई कतिपयले एमालेलाई डाउन साइज गर्ने रणनीतिका रूपमासमेत बुझेका छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने १ सय ६५ सीटमै तालमेल गर्ने प्रयासमा छन्।

तर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले जित्न सक्ने सीटहरूमा मात्र तालमेल गर्ने र बाँकीमा स्वतन्त्र ढंगले लड्ने मनासय बनाएका छन्।

कम्युनिस्टहरूसँग तालमेल नगर्न देउवालाई आफ्नो पार्टीभित्रैबाट दबाब छ। त्यही भएर देउवाले केही सीटमा मात्र तालमेल गर्ने र बाँकीमा प्रतिस्पर्धा गर्ने आफ्नो अडान कायम गरेका हुन्।

यसो गर्दा गठबन्धन पनि नभत्किने र आगामी निर्वाचनमा आफ्नो बहुमत पनि आउने देउवाको बुझाइ छ।६५ पछि बाँकी रहेको सीटमा कम्युनिस्टहरूकै तीव्र प्रतिस्पर्धा हुने भएकाले कांग्रेसले सहज जित पाउने भएकाले सहजै बहुमत ल्याउन सकिने बुझेका देउवाले प्रचण्ड र नेपाललाई आफ्नो अडान सुनाएका हुन्।

स्रोतका अनुसार आगामी वर्षको मङ्सिरमा तीनवटै निकाय ९स्थानीय, प्रदेश र संघ०को निर्वाचन गर्ने सत्तारूढ गठबन्धनको अनौपचारिक सहमतिसमेत बनेको छ।

७ सय ५३ मध्ये अहिले पनि सबैभन्दा धेरै स्थानीय निकायको नेतृत्वमा एमाले रहेको छ। ५ वर्ष पूरा भएपछि मेयर या अध्यक्षको पदावधि समाप्त हुन्छ। अनि स्थानीय निकाय कर्मचारीको नेतृत्वमा चल्नेछ।

२०७४ सालको वैशाख अन्तिममा भएको पहिलो चरणको निर्वाचनमा निर्वाचित भएका स्थानीय निकायका पदाधिकारीको समयावधि त्यसपछि सकिनेछ।तर ६५ सीटमा मात्र तालमेल गर्ने देउवाको प्रस्तावलाई पुनरावलोकन गर्न प्रचण्ड र नेपालले आग्रह गरेका छन्।

स्थानीय निकायमा स्वतन्त्र हिसाबले स्थानीय उम्मेदवारबीच तालमेल हुन दिने तर प्रदेश र संघमा भने सबै सीटमा तालमेल गर्ने दुवै कम्युनिस्ट नेताहरूको आग्रहलाई देउवाले अहिलेसम्म नकारिसकेका छैनन्।

आफ्नो गठबन्धनमा रहेका माओवादी, समाजवादी, जसपा र जनमोर्चाको मन नजिते कांग्रेसको विरुद्धमा एमालेसहित सबै निर्वाचनमा होमिन सक्ने सम्भावनालाई देउवाले नजिकबाट हेरिरहेका छन्।

प्रतिनिधि सभाको पहिलो विघटनपछि देउवाले कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन् भन्दै ओलीइतर शक्तिसँग संयुक्त मोर्चा बनाएर अघि बढ्न आनाकानी गरेका थिए। चुनावमा फेरि कम्युनिस्टहरू मिल्न सक्ने भयले देउवालाई यतिबेला सताएको छ।

प्रतिनिधि सभाको पहिलो विघटनपछि देउवाले कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन् भन्दै ओलीइतर शक्तिसँग संयुक्त मोर्चा बनाएर अघि बढ्न आनाकानी गरेका थिए। चुनावमा फेरि कम्युनिस्टहरू मिल्न सक्ने भयले देउवालाई यतिबेला सताएको छ।

देउवानिकट एक नेताले भने, ‘त्यसैले आगामी चुनावमा एउटा कम्युनिस्ट शक्तिलाई साथमा लिएर अर्काको विरुद्ध प्रतिस्पर्धा गर्नुपर्छ भन्ने नै हो।सभापतिले आफ्नो रणनीति बनाइरहनु भएको छ।सत्तारूढ गठबन्धन कायमै रहेको अवस्थामा ५ देखि ८ मात्र प्रत्यक्ष सीट जित्न सकिने गोप्य रिपोर्ट ओलीकहाँ पुगेको छ।

त्यसैले ओलीनिकट नेताहरूले जे भएपनि चुनाव मिलेर लड्नुपर्छ भन्न थालिसकेका छन्।एकता जोगाउन नसकिएकोमा आफूलाई पछुतो रहेको भनेर एमालेका महासचिव शंकर पोख्रेलले सार्वजनिक रूपमै भनिसकेका छन्।

उसो त कतिपय बलिया दाबेदारहरूले समेत चुनाव हार्न सकिने रिपोर्ट आइसकेपछि, पुनः वामगठबन्धन गरेर अघि बढ्नुपर्छ भन्दै एमालेका नेताहरूले आन्तरिक छलफलसमेत शुरू गरिसकेका छन्।

कांग्रेस सभापति देउवाले आफ्नो कन्सर्न सम्बोधन नगरे के गर्ने भन्ने प्रश्नले पनि प्रचण्ड र नेपाललाई सताएको छ।ओलीसँग कुनै हालतमा तालमेल या गठबन्धन हुन नसक्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएपनि आफ्नो राजनीतिक फाइदाका लागि ‘राजनीतिमा कोही पनि स्थायी शत्रु या मित्र हुँदैन’ भन्ने सुत्र लागू हुनसक्ने कतिपय नेताहरूले अनौपचारिक गफगाफमा बताउने गरेका छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago