काठमाडौं: शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् ।
मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ । केही स्थानमा असिना पानी परिरहेको छ । बागमती र अन्य प्रदेशमा भने आज बदली मात्रै हुने मौसमविद भट्टराईले बताए ।
बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्ने मौसमविद भट्टराईले बताए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा शुक्रबार सुदूरपश्चिम, कर्णाली, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानहरूमा मेघ गर्जन र चट्याङको समेत सम्भावना रहेको उल्लेख छ । देशका उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम हिमपातकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
नेपालमा डिसेम्बरदेखि फेब्रुअरी महिना (मंसिर १५ देखि फागुन १६ गते)सम्मको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा हिउँदयाममा भएको वर्षाको तथ्यांकको आधारलाई निकालिएको सरदर वर्षाको तथ्यांक हेर्दा यस वर्ष शतप्रतिशत वर्षा भइसकेको छ । यस वर्षको हिउँदयाम सकिन अझै केही दिन बाँकी नै छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…