जाजरकोट: जिल्लामा आन्तरिक सडक निर्माणको काम धमाधम भइरहेको छ । गाउँ–गाउँमा सडक पहुँच विस्तार गर्न आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार कार्यालयले २९ आन्तरिक सडक निर्माण थालेको छ ।
कार्यालयले आव २०७७/७८ मा १६५ किलोमिटर सडक निर्माण गरेको थियो । सो आवमा ३९ वटा सडक निर्माण अघि बढाएको थियो । सो क्रममा तीन भोलुङ्गे पुल निर्माण गरिएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत १७३ विपन्न परिवारका लागि घरसमेत निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीले जानकारी दिए ।
आव २०७६/७७ मा कार्यालयलको चालुतर्फ ६६ प्रतिशत र पूँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको छ । आव २०७७÷७८ मा चालुतर्फ ७९ प्रतिशत र पूँजीगत ७१ प्रतिशत प्रगति भएको थियो । चालु आवको दोस्रो चौमासिकसम्म चालुतर्फ ४५ प्रतिशत र पूँजीगततर्फ नौ प्रतिशत मात्र प्रगति हासिल भएको कार्कीको भनाइ छ ।
रु १५ लाखभन्दा कमका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि केही योजनाको काम रोकिएको छ । विभिन्न ठाउँमा पक्की पुलको काम जारी छ । कार्यालयमा कर्मचारी अभावका कारण तोकिएको समयमा काम गर्न नसकिएको कार्की बताउँछन् । रासस
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…