जाजरकोट: जिल्लामा आन्तरिक सडक निर्माणको काम धमाधम भइरहेको छ । गाउँ–गाउँमा सडक पहुँच विस्तार गर्न आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार कार्यालयले २९ आन्तरिक सडक निर्माण थालेको छ ।

कार्यालयले आव २०७७/७८ मा १६५ किलोमिटर सडक निर्माण गरेको थियो । सो आवमा ३९ वटा सडक निर्माण अघि बढाएको थियो । सो क्रममा तीन भोलुङ्गे पुल निर्माण गरिएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत १७३ विपन्न परिवारका लागि घरसमेत निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीले जानकारी दिए ।

आव २०७६/७७ मा कार्यालयलको चालुतर्फ ६६ प्रतिशत र पूँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको छ । आव २०७७÷७८ मा चालुतर्फ ७९ प्रतिशत र पूँजीगत ७१ प्रतिशत प्रगति भएको थियो । चालु आवको दोस्रो चौमासिकसम्म चालुतर्फ ४५ प्रतिशत र पूँजीगततर्फ नौ प्रतिशत मात्र प्रगति हासिल भएको कार्कीको भनाइ छ ।

रु १५ लाखभन्दा कमका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि केही योजनाको काम रोकिएको छ । विभिन्न ठाउँमा पक्की पुलको काम जारी छ । कार्यालयमा कर्मचारी अभावका कारण तोकिएको समयमा काम गर्न नसकिएको कार्की बताउँछन् । रासस

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago