नेप्से १० अंकले घट्दा जीवन बीमा कम्पनीको शेयर बढेका छन् ।

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २,९२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ४६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज निर्जीवन बीमा,उत्पादनमुलक, अन्य, जीवन बीमा तथा म्युचुअल फण्ड उपसूचक बढेका छन् ।

आज दिनभरिमा २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मुल्य १५ सय १३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज अपि पावर कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्ज्स कम्पनीको १७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ हजार ५६ रुपैयाँ कायम भएको छ ।

विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानकिर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago