जुम्लामा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही ३७ सय ६३ मतले अघि

२०७९, ६ मंसिर मंगलवार २१:३०

काठमाडौँ – जुम्लामा ज्ञानेन्द्र शाही प्रतिस्पर्धी गोमा गौतम कुवँर भन्दा ३७ सय ६३ मतले अघि छन्।

१३ हजार ६८ मत गन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता शाहीले ६ हजार ९ सय ५७ मत ल्याएका छन्। सत्ता गठबन्धनकी कुवँरले ३ हजार १ सय ९४ मत प्राप्त गरेकी छन्।

एमालेका रतननाथ योगीले १ हजार ६ सय ८८ मत ल्याउँदा जनमोर्चाका डिल्ली काफ्लेलाई ४ सय ६ मत प्राप्त भएको छ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु