विराट बहुउद्देश्यीय सहकारी संस्थाले ६ जनालाई सम्मान

बिर्तामोड, बिर्तामोड–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले ६ जनालाई नगदसहित सम्मान गरेको छ ।१७ औं बार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

संस्थाले स्व. पर्शुराम सिटौला स्मृति समाजसेवा सम्मानबाट पूर्व राष्ट्रियसभा सदस्य डिल्लीप्रसाद सिटौलालाई सम्मानित गरेको छ । संस्थाका उपाध्यक्ष पर्शुराम सिटौलाको संझनामा स्थापित सो सम्मान पहिलो पटक सिटौलालाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले सिटौलालाई ११ हजार १११ नगदसहित सम्मानपत्र प्रदान गरिन् ।

त्यस्तै उत्कृष्ट बचतकर्ताको रुपमा गणेशकुमार उप्रेती , उत्कृष्ट ऋणी कुमारी बस्नेत कार्कीलाई जनही ७ हजार ५०५ नगदसहित सम्मानपत्र प्रदान गरियो भने उत्कृष्ट कर्मचारीको रुपमा शान्तादेवी सेडाई सिटौलाले ५ हजार ५ नगदसहित सम्मानपत्र प्राप्त गरिन् । त्यस्तै शेयर सदस्यका छोराछोरीमध्येबाट यस वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा आचार्य र गायत्रा बाँसकोटालाई जनही ५ हजार ५ रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा अध्यक्ष शिवाकोटीले वार्षिक प्रतिवेदन र लेखा समिति सदस्य अर्जुन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा आर्थिक बर्ष २०७८÷०७९ सम्ममा ३ हजार ३ सय १८ जना शेयर सदस्य रहेका छन् भने शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैंयाँ पुर्याउन सफल भएको अध्यक्ष शिवाकोटीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै लगानीमा रहेको कर्जा ३० करोड ६७ लाख ७३ हजार ९७४, संस्थामा रहेको बचत ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ र आव २०७८÷०७९ को कुल कारोवार ४३ करोड २० लाख ४०८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७८÷०७९ मा ८३ लाख १४ हजार ९०२ रुपैयाँ खुद नाफा गर्न सफल भएको प्रतिवेदनमा छ ।

स्वागत संस्थाका उपाध्यक्ष होम सिटौलाले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई , सम्मानित तर्फबाट सिटौला, पूर्व जनप्रतिनिधि प्रेमप्रकाश सिटौला, समाजसेवी खगेन्द्र प्रसाई ,कन्चनजंघा स्कुलका प्राचार्य गुरुभक्त न्यौपाने, महेन्द्ररत्न माबि ब्यवस्थापन समितिका अध्यक्ष टंक सेडाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक रुद्र सिटौलाले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago