सांसद कस्तो हुनुपर्छ म देखाउँछु राइट टु रिजेक्टको कानुन बनाउनु पर्छ – स्वागत नेपाल

झापा,  प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका क्रस खुकुरी चुनाव चिन्ह पाएका स्वागत नेपालले वास्तविक सांसद कस्तो हुनुपर्छ र हुने छ भन्ने प्रमाणित गरेर देखाउने बताएका छन् । आफ्नो उम्मेदवारी र चुनाव प्रचारप्रसारका बारेमा विर्तामोडमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नेपालले विकास निर्माणका काममा सांसदहरुको प्रत्यक्ष र भौतिक सहभागिता नदेखिएकोले वास्तविक सांसद कस्तो हुनुपर्छ भनेर आफूले देखाउने बताएका हुन् ।

‘म जनप्रतिनिधि नभएर पनि एउटा सांसदले भन्दा धेरै प्रतिपक्षी सांसदहरु सरह काम गरेको छु , सरकारले ल्याएका गलत कानुनहरु खारेज गराउँदै जनताको पक्षमा नयाँ कानुन निर्माण गर्न संसद र सरकारका नाममा निर्देशनात्मक आदेशहरु पनि जारी गराउँदै आएको छु’ उनले भने, ‘ त्यसै सिलसिलामा झण्डै १२ वर्षअघि पार्टीहरुले जनतालाई मन नपरेका उम्मेदवारलाई बहिस्कार गर्न पाउने अधिकार राइट टु रिजेक्टको कानुन बनाउन दिएको निर्देशनात्मक आदेश अझै पनि दल र सरकारहरुले अवज्ञा गरिरहेका छन् सो सम्बन्धी कानुन बनाएका छैनन् । त्यसैका कारण अझै पनि इमान्दार कार्यकर्ताहरुले ५ वर्षमा एक पटक आफ्नो मन परेको पार्टीको उम्मेदवारलाई मत हाल्न पाएका छैनन् ,बहिस्कार गर्ने अधिकार पनि पाएका छैनन् । ’

स्वास्थ्य, शिक्षा, आवास निःशुल्क उपलब्ध गराउने असम्भवजस्तो लाग्ने सो व्यवस्थालाई सम्भव गराउने आफूसंग प्रस्ट दृष्टिकोण र कार्यक्रमहरु रहेको भन्दै उनले जसका लागि देशभर स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमिएको जानकारी दिए । झापा २ मा क्रस खुकुरी चुनाव चिन्ह लिएर आफूले घरदैलो कार्यक्रम गरिरहेको उनले बताए ।

आफ्नो उम्मेदवारी कुनै पनि दल, दलका नेता र समूह विरुद्धमा नभई यहाँको भ्रष्टाचार, अन्याय, अविकास, वेथिती, राज्यकै अराजकता,अन्तर्राष्ट्रिय तत्व र वैदेशिक हस्तक्षेपको विरुद्ध भएको उनको भनाई छ । बिर्तामोड नगरपालिका वडा नं ७ नेपाल गाउँमा जन्मिएका नेपालले स्थानीय देउनियामा प्रारम्भिक शिक्षा हासिल गरेका थिए । वीरेन्द्र मावि चन्द्रगढीमा माध्यमिक शिक्षा र मेची बहुमुखी क्याम्पस हुँदै हाल उनी अध्ययन अध्यापन कार्यमा संलग्न छन् । हालसम्म पत्रकारिता, लेखन, अध्यापन र कानूनकर्ममार्फत देश र जनताका लागि काम गरिरहेको उनले बताए ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago