स्वास्थ्यमन्त्री खापुङले भेदभाव नगर्न अनुरोध

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले एचआईभी तथा यौन रोग लागेकाहरुलाई भेदभाव नगर्न अनुरोध गरेका छन्।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज आयोजना गरेको ‘एचआईभी तथा यौन रोगसम्बन्धी लान्छना र भेदभाव न्यूनीकरणसम्बन्धी’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले समाजमा अझै पनि एचआईभी तथा यौन रोगबारे जनचेतनाको कमी हुँदा उनीहरुलाई लान्छना र भेदभाव गर्ने गरेको बताए।

समाजमा एड्स तथा यौन रोग, कुष्ठरोग, क्षयरोगका बिरामीलाई अझै पनि लान्छना लगाउने र भेदभाव गर्ने भएकाले जवनचेतना जगाउन धेरै आवश्यक रहेको उनले बताए।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले एचआईभी तथा यौन रोग सङ्क्रमितलाई अझै पनि लान्छना र भेदभाव कायम रहेको भन्दै सबैको सहयोगले हटाउनुपर्ने कुरामा जोड दिइन्।

उनले सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीहरुमा एचआईभी सङ्क्रमणको जोखिम अरु समूहभन्दा उच्च रहेको बताइन्।

नेपालमा कुल एचआईभी सङ्क्रमित ३० हजार रहेका छन्। तीमध्ये १६ हजार ४०० पुरुष र १३ हजार ६०० महिला तथा जन्मदेखि १४ वर्ष उमेर समूहका बालबालिका एक हजार दुई सय रहेका छन्।

निर्देशक डा. देवकोटाका अनुसार नेपालमा वार्षिक ६८० जना नयाँ एचआइभीका सङ्क्रमित र एड्सबाट वार्षिक ५१० जनाको मृत्यु हुने गरेको छ।

सरकारले एचआईभी रोकथाम र उपचारका लागि एचआईभी परामर्श र परीक्षण सेवा केन्द्रहरु ७७ जिल्लामा १८९ वटा , एचआईभी उपचार केन्द्र ६१ जिल्लामा ८४ वटा, एआरभी विरतण केन्द्र ४५ जिल्लामा ४५ केन्द्र र ओपिओइड प्रतिस्थापन केन्द्र १० जिल्लामा १२ वटा स्थापना गरेको छ।

राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ अनुसार एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने सरकारको लक्ष्य रहेको छ। सन् २०२६ सम्म एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, सङक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतको भाइरल लोड कम गर्ने लक्ष्य राखिएको छ।

समाजमा रहेको लान्छना र भेदभाव हटाउन सके मात्र एचआईभी र यौन रोग भएकाहरुका लागि समाजमा पुनःस्थापना गर्न सकिने स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले बताए। सरकारले मात्र लान्छना र भेदभाव हटाउन नसक्ने भन्दै उनले सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ।

राष्ट्रिय एचआईभी रणनीतिक योजनाअनुसार नै एचआईभीको रोकथाम र नियन्त्रण गर्नुपर्ने महानिर्देशक डा. सिंहले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago