स्वास्थ्यमन्त्री खापुङले भेदभाव नगर्न अनुरोध

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले एचआईभी तथा यौन रोग लागेकाहरुलाई भेदभाव नगर्न अनुरोध गरेका छन्।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज आयोजना गरेको ‘एचआईभी तथा यौन रोगसम्बन्धी लान्छना र भेदभाव न्यूनीकरणसम्बन्धी’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले समाजमा अझै पनि एचआईभी तथा यौन रोगबारे जनचेतनाको कमी हुँदा उनीहरुलाई लान्छना र भेदभाव गर्ने गरेको बताए।

समाजमा एड्स तथा यौन रोग, कुष्ठरोग, क्षयरोगका बिरामीलाई अझै पनि लान्छना लगाउने र भेदभाव गर्ने भएकाले जवनचेतना जगाउन धेरै आवश्यक रहेको उनले बताए।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले एचआईभी तथा यौन रोग सङ्क्रमितलाई अझै पनि लान्छना र भेदभाव कायम रहेको भन्दै सबैको सहयोगले हटाउनुपर्ने कुरामा जोड दिइन्।

उनले सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीहरुमा एचआईभी सङ्क्रमणको जोखिम अरु समूहभन्दा उच्च रहेको बताइन्।

नेपालमा कुल एचआईभी सङ्क्रमित ३० हजार रहेका छन्। तीमध्ये १६ हजार ४०० पुरुष र १३ हजार ६०० महिला तथा जन्मदेखि १४ वर्ष उमेर समूहका बालबालिका एक हजार दुई सय रहेका छन्।

निर्देशक डा. देवकोटाका अनुसार नेपालमा वार्षिक ६८० जना नयाँ एचआइभीका सङ्क्रमित र एड्सबाट वार्षिक ५१० जनाको मृत्यु हुने गरेको छ।

सरकारले एचआईभी रोकथाम र उपचारका लागि एचआईभी परामर्श र परीक्षण सेवा केन्द्रहरु ७७ जिल्लामा १८९ वटा , एचआईभी उपचार केन्द्र ६१ जिल्लामा ८४ वटा, एआरभी विरतण केन्द्र ४५ जिल्लामा ४५ केन्द्र र ओपिओइड प्रतिस्थापन केन्द्र १० जिल्लामा १२ वटा स्थापना गरेको छ।

राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ अनुसार एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने सरकारको लक्ष्य रहेको छ। सन् २०२६ सम्म एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, सङक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेका सङ्क्रमितमध्ये ९५ प्रतिशतको भाइरल लोड कम गर्ने लक्ष्य राखिएको छ।

समाजमा रहेको लान्छना र भेदभाव हटाउन सके मात्र एचआईभी र यौन रोग भएकाहरुका लागि समाजमा पुनःस्थापना गर्न सकिने स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले बताए। सरकारले मात्र लान्छना र भेदभाव हटाउन नसक्ने भन्दै उनले सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ।

राष्ट्रिय एचआईभी रणनीतिक योजनाअनुसार नै एचआईभीको रोकथाम र नियन्त्रण गर्नुपर्ने महानिर्देशक डा. सिंहले बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago