जनकपुरधाम: सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुद्दामा उच्च अदालत जनकपुरधामले पनि निलम्बित सभासद संजय साह टकलालाई जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार उच्च अदालत जनकपुरधामले साह सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकार रहेको ठहर गर्दै पछिल्लो पटक जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्दै जन्मकैद सजायको फैसला गरेको हाे ।

उच्च अदालतको इजलास नं. ३ मा आठ दिनसम्म चलेको बहस सुनुवाइपछि न्यायाधीशद्वय डालकुमार खड्का र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई उचित रहेको भन्दै त्यसलाई उल्टाउने नदेखिएको भनी सदर गरिएको रजिष्ट्रार खडगराज अधिकारीले जानकारी दिएका छन् ।

सो मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादवले बहस गरेका थिए भने जाहेर वालाको तर्फबाट अधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेको उनले बताए ।

त्यस्तै प्रतिवादी संजय साहको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्र, वरिष्ठ अधिवक्ता धर्मेन्द्र शर्मा, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, अधिवक्ता प्रकाशकुमार घिमिरे, ओम प्रकाश सिंह र दिपेन्द्र सिंहसहित ६ जना अधिवक्ताले बहस गरेका थिए ।

जनकपुरधाम स्थित जनकपुर टुडे पत्रिकाका सञ्चालक सञ्चार उद्यमी सिंघानियाको ०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो । सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै साहले ०७६ असोज ७ गते उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेको थियो । साह अहिले रामानन्द चोकमा भएको बम विस्फोट घटनाको आरोपमा नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।

सो घटना निलम्बित सभासद साहसहित जिल्ला प्रहरी कार्यालय धनुषाले १२ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरेको थियो । जिप्रका धनुषाले साहसहित चन्द्रदीप यादव, एकलाल सहनी, ओमप्रकाश यादव, मुकेश चौधरी, रामकरण, अंशी राइन, रामविनोद यादव, दीपेन्द्र कुसियत यादव, पवन लामा, मनक लामा तथा हुलिया खुलेको तर नाम वतन नखुलेको एकजनाविरुद्ध मुद्दा दायर गरेको थियो । आरोपीहरू मध्येका सुटर मनक लामा चन्द्रदीप, ओमप्रकाश, मुकेश, रामकरण, एकलाल तथा अंशी प्रहरी अहिले कारागारमा छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago