नागरिकता विधेयकमै फरक मत -जनमोर्चा

काठमाडौँ: सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयकमा फरक मत राखेको छ । जनमोर्चाका नेताहरू बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहभागी थिए । तर, गठबन्धनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे जारी गरेको विज्ञप्तिमा हस्ताक्षर गर्न मानेन ।
गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले संयुक्त हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्नु असंवैधानिक भएको उल्लेख गरेका छन् । तर, जनमोर्चाले भने फरक मत राखेको हो ।
जनमोर्चाका महासचिव हिमलाल पुरीले नागरिकता विधेयकमा रहेका व्यवस्थाहरूमाथि नै फरक मत रहेकाले विधेयक प्रमाणीकरण नभएको विषयमा पार्टीले फरक मत राखेको बताए ।

‘हामीले नागरिकता विधेयकमै फरक मत राखेका हौँ । तर, बहुमतले विधेयक पास भयो,’ उनले भने, ‘अहिले राष्ट्रपतिजीले त्यसलाई निष्क्रिय पार्नुभएको छ । हामीले खास गरी अंगीकृत नागरिकको हकमा नागरिकता दिने व्यवस्थामा फरक मत राखेका हौँ ।’
उनले राष्ट्रपति भण्डारीले संविधानमाथि नै संकट पैदा गर्ने नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको अवस्था भएमा भने आफूहरूले विरोध गर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जनमोर्चाले गठबन्धनमा रहेर चुनावी तालमेलबाट लाभ लिइरहेको छ । तर सरकारमा भने गएको छैन ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago