नागरिकता विधेयकमै फरक मत -जनमोर्चा

काठमाडौँ: सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयकमा फरक मत राखेको छ । जनमोर्चाका नेताहरू बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहभागी थिए । तर, गठबन्धनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे जारी गरेको विज्ञप्तिमा हस्ताक्षर गर्न मानेन ।
गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले संयुक्त हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्नु असंवैधानिक भएको उल्लेख गरेका छन् । तर, जनमोर्चाले भने फरक मत राखेको हो ।
जनमोर्चाका महासचिव हिमलाल पुरीले नागरिकता विधेयकमा रहेका व्यवस्थाहरूमाथि नै फरक मत रहेकाले विधेयक प्रमाणीकरण नभएको विषयमा पार्टीले फरक मत राखेको बताए ।

‘हामीले नागरिकता विधेयकमै फरक मत राखेका हौँ । तर, बहुमतले विधेयक पास भयो,’ उनले भने, ‘अहिले राष्ट्रपतिजीले त्यसलाई निष्क्रिय पार्नुभएको छ । हामीले खास गरी अंगीकृत नागरिकको हकमा नागरिकता दिने व्यवस्थामा फरक मत राखेका हौँ ।’
उनले राष्ट्रपति भण्डारीले संविधानमाथि नै संकट पैदा गर्ने नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको अवस्था भएमा भने आफूहरूले विरोध गर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जनमोर्चाले गठबन्धनमा रहेर चुनावी तालमेलबाट लाभ लिइरहेको छ । तर सरकारमा भने गएको छैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago