प्रदेश भित्र स्वचालित भाडादर लागू गर्न महासंघको माग

स्वचालित भाडादर लागू नभएमा सार्बजनिक यातायात केन्द्रिय महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी’
काठमाडौ, ८ असार ।
सरकारले गरेको मूल्य वृद्धिले प्रदेश भित्र संचालन हुने सवारीसाधन मर्कामा परेको भन्दै स्वचालित भाडादर लागू गर्न माग गरिएको छ । सार्वजनिक यातायात केन्द्रिय महासघं नेपालले स्वचालित भाडादर लागू गर्न माग गरेको हो ।
मंगलबार श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश हेटौंडामा एक पत्र बुझाउदै सरकार द्वारा पटक-पटक इन्धनमा गरेको मुल्य वृद्धिको कारणबाट यातायात ब्यवसायीमा पर्न गएको असहज परिस्थिति सृजना भएको महासंघले जनाएको छ ।  सार्वजनिक यातायात केन्द्रिय महासघं नेपालका महसचिब भरत नेपाल द्वारा दस्तखत भएको पत्रमा भनिएको छ । .

“पछिल्लो समय भएको भाडा समायोजन पश्चात संघिय मन्त्रालय यातायात व्यवस्था विभागद्वारा भाडा समायोजन नीति अनुसार १३ वटा सूचकको आधारमा हरेक वर्षको श्रावण मसानतमा गरिने ६५% सार्वजनिक यातायात भाडाको औसत र पेट्रोलियम पदार्थ इन्धनको औषतमा गरिने ३५% भाडा समायोजन पद्यतिलाई ५% भन्दा माथि प्रतिलिटर इन्धनको मूल्य वृद्धि हुँदा र घट्दा स्वचालित रुपमा भाडा समायोजन हुने पद्यति अनुसार नै यातायात व्यवस्था विभागवाट मिति २०७ ९ / ०२ /३ गते देखी निरन्तर रुपमा इन्धनको मूल्य वृद्धि हुँदाका दिन नै अन्तर प्रदेशको भाड़ा समयोजन पश्चात पटक पटक गरी डिजलमा रु.४९ र पेट्रोलमा प्रतिलिटर रु.३९ रुपैयाँ मूल्य वृद्धि भै आएकोले प्रदेश अन्तर्गतको भाडा हासम्म समायोजन नहँदा यातायात व्यवसायी अत्यन्तै मर्कामा पर्ने हुँदा केन्द्रले गरेको भाडा समायोजन नीति अनुसार नै स्वाचालित हुने गरी यस प्रदेशमा संचालन हुने मध्ये दुरी लोकल दुरी , सहरी रूट , पर्यटन यातायातका साथै मिटर जडित ट्याक्सी र ढुवानी यातायात समेतको स्वचालित भाडा समायोजन गरिदिन माग गरिएको” पत्रमा उल्लेख छ ।

स्वचालित भाडादर लागू नभएमा सार्बजनिक यातायात केन्द्रिय महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । यस विषयमा मन्त्रालय बाट सकारात्मक प्रतिक्रिया आएको महासंघले जनाएको छ ।

तीन तहको सरकार भएपछि केन्द्र सरकारले अन्तर प्रदेशको मात्र भाडा समायोजन भएको छ भने प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेका छैनन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago