काठमाडौं: निजी विद्यालयहरुको छाता सङ्गठन स्कुलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट)ले विद्यालय स्तरिय गायन प्रतियोगिता “भ्वाइस अफ स्याट” को आज पहिलो अडिसन राउण्डमा ३९ जना प्रत्योगी छानी सम्पन्न भएको छ।
आज देखि स्याटको सदस्य विद्यालयहरुमा अडिसन राउण्ड क्रमश तिनदिनसम्म चल्ने छ। पहिलो दिन आज चार विद्यालयमा १८२ जना प्रत्योगीहरु अडिसन राउण्डमा सहभागि क्रमश पिक पोइन्ट ऐकेडेमी , पिक पोइन्ट पब्लिक स्कुल, सेट जोन स्कुल र सामतेन मेमोरियल एजुकेशन ऐकेडेमि का बिद्यार्थिहरु समाबेश भएका थिए।
स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ । काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेका विद्यालयहरू बिच मिलेर बनेको छाता सङ्गठन अन्य छाता सङ्गठनभन्दा सानो भएता पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेमा भने पहिलो नै छ ।
भ्वाइस अफ स्याटको अडिसन भने आज देखि तिन दिनसम्म हुने जनाइएको छ । स्कूल आफैले कार्यक्रम गर्दै अडिसनबाट उत्कृष्ट हुने विद्यार्थीहरू चयन गर्नेछ । त्यसपछि टप २० राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् । श्रावण १४ मा हुने टप २० को छनोट प्रतियोगिता ब्रेनल्याण्ड एकेडेमीको हलमा हुनेछ । सो बाट छनोट भए पछि प्रतिस्पर्धिहरुले उपाधिका लागि भिड्नेछन् ।
श्रावण २८ भ्वाइस अफ स्याटको फाइनल हुनेछ । चुनिखेल स्थित पिक प्वाइन्टको हलमा गरिने ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका गायक, सङ्गीतकारले निर्णायकको भूमिका निर्वाह गर्नेछ ।
१४ विद्यालयहरूले भ्वाइस अफ स्याटमा सहभागी जनाउने छन् । पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिनेछ । ट्रफी, मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको गुणस्तर, सहभागी हुने विद्यालय तथा प्रतियोगिहरुको चासोलाई मध्यनजर गर्ने हो भने ‘भ्वाइस अफ स्याट’को पहिलो संस्करण विद्यालय स्तरमा खोजिने र यो कार्यक्रमको प्रमुख प्रायोजन भने मनास्लु वल्ड कलेज (Manaslu world College) ले गर्नेकुरा स्याटले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…