सर्वसाधारणले किन्नै नसक्ने गरि तरकारीको मुल्य बढ्‌यो !

काठमाडौँ: इन्धन, खाद्यान्नसँगै तरकारीको मूल्य पनि आकासिएको छ । बजारमा पर्याप्त आपूर्ति हुँदाहुँदै पनि हरियो तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाको अवधिमा हरियो तरकारीको मूल्य किलोमै ९३ रुपैयाँसम्म बढेको छ । ‘सिजन सकिँदै जाँदा केही तरकारीको मूल्य बढेको छ । वर्षातले पनि केही महँगो भएको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘आलु, प्याज, कागतीको मूल्य भारतबाटै बढेर आएको छ ।’

कालीमाटीमा भित्रिने तरकारीमध्ये ३५ देखि ४० प्रतिशतसम्म भारतबाटै आयात हुन्छ । एक महिना अवधिमा रातो आलु प्रतिकिलो ३६‍.१३ बाट बढेर ४४.२५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३३.२८ रुपैयाँ पर्ने सुकेको प्याज एक महिनामै बढेर ३९‍.२२ रुपैयाँ पुगेको छ । समितिका अनुसार १ महिनाअघि किलोको ७५.७९ रुपैयाँ पर्ने गाजर ८९ रुपैयाँ भएको छ । त्यस्तै साे अवधिमा तिते करेला प्रतिकेजी २५. ९६ रुपैयाँबाट बढेर ३२.४३ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३६.१० रुपैयाँ पर्ने लाैका बढेर ५०.४८ रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । यी सबै होलसेल मूल्य हुन् । खुद्रामा मूल्य अझ बढी हुन्छ । खुद्रामा पसलैपिच्छे फरक फरक मूल्य छ।
एक महिनाको अवधिमा भिन्डीको मूल्य किलोमा १२ रुपैयाँ बढेर ३९.४३ रुपैयाँ, हरियो प्याज ८४.८९ बाट १३७.८६ रुपैयाँ भएको छ । प्रतिकिलो १७६.६५ रुपैयाँ पर्ने च्याउ (कन्य) २६८.३३ रुपैयाँ, किलोको ११८.७० रुपैयाँ पर्ने ब्रोकाउली १७९.०५ रुपैयाँ पुगेको छ । समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । मुलुकभर २ लाख ८१ हजार १ सय ३२ हेक्टरमा तरकारी खेती हुन्छ । वार्षिक ३९ लाख ६२ हजार ३ सय ८३ टन उत्पादन हुन्छ । अपुग तरकारी मुख्यतः भारत, चीन र बंगलादेशबाट आयात हुने गरेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago