सर्वसाधारणले किन्नै नसक्ने गरि तरकारीको मुल्य बढ्‌यो !

काठमाडौँ: इन्धन, खाद्यान्नसँगै तरकारीको मूल्य पनि आकासिएको छ । बजारमा पर्याप्त आपूर्ति हुँदाहुँदै पनि हरियो तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाको अवधिमा हरियो तरकारीको मूल्य किलोमै ९३ रुपैयाँसम्म बढेको छ । ‘सिजन सकिँदै जाँदा केही तरकारीको मूल्य बढेको छ । वर्षातले पनि केही महँगो भएको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘आलु, प्याज, कागतीको मूल्य भारतबाटै बढेर आएको छ ।’

कालीमाटीमा भित्रिने तरकारीमध्ये ३५ देखि ४० प्रतिशतसम्म भारतबाटै आयात हुन्छ । एक महिना अवधिमा रातो आलु प्रतिकिलो ३६‍.१३ बाट बढेर ४४.२५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३३.२८ रुपैयाँ पर्ने सुकेको प्याज एक महिनामै बढेर ३९‍.२२ रुपैयाँ पुगेको छ । समितिका अनुसार १ महिनाअघि किलोको ७५.७९ रुपैयाँ पर्ने गाजर ८९ रुपैयाँ भएको छ । त्यस्तै साे अवधिमा तिते करेला प्रतिकेजी २५. ९६ रुपैयाँबाट बढेर ३२.४३ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३६.१० रुपैयाँ पर्ने लाैका बढेर ५०.४८ रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । यी सबै होलसेल मूल्य हुन् । खुद्रामा मूल्य अझ बढी हुन्छ । खुद्रामा पसलैपिच्छे फरक फरक मूल्य छ।
एक महिनाको अवधिमा भिन्डीको मूल्य किलोमा १२ रुपैयाँ बढेर ३९.४३ रुपैयाँ, हरियो प्याज ८४.८९ बाट १३७.८६ रुपैयाँ भएको छ । प्रतिकिलो १७६.६५ रुपैयाँ पर्ने च्याउ (कन्य) २६८.३३ रुपैयाँ, किलोको ११८.७० रुपैयाँ पर्ने ब्रोकाउली १७९.०५ रुपैयाँ पुगेको छ । समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । मुलुकभर २ लाख ८१ हजार १ सय ३२ हेक्टरमा तरकारी खेती हुन्छ । वार्षिक ३९ लाख ६२ हजार ३ सय ८३ टन उत्पादन हुन्छ । अपुग तरकारी मुख्यतः भारत, चीन र बंगलादेशबाट आयात हुने गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago