काबुल: अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २ सय ८० जनाको मृत्यु हुनुका साथै ५ सय ९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २ सय ५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तीमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् । भूकम्प ६.१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पुर्‍याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ । रासस ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago