किन संसारकै धनाढ्य एलन मस्ककी छोरीले ‘बाबुसँग कुनै नाता नजोड्ने

संसारकै धनी व्यक्ति एलन मस्ककी एक छोरीले अदालतमा आफ्ना बुवाबाट ‘अलग’ हुन निवेदन दिएकी छन्। अमेरिकी अखबार सिएनएनका अनुसार उनले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी हुन्।
उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन्।

एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले यस्तो निवेदन दिएकी हुन्। १८ वर्षीया उनले आफ्नो नाम भिभियान जेना विल्सन राख्न चाहेको बताएकी छन्। विल्सन थर उनले आफ्नी आमा जस्टिन विल्सनबाट लिएकी हुन्।
सन् २००० मा क्यानडाकी नागरिक जस्टिनसँग एलनले बिहे गरेका थिए। सन् २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्। एलनका सात सन्तानमध्ये पाँच जना जस्टिनका हुन्। तिनै पाँचमध्ये जेभियर एक हुन्।

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्षसम्बन्धी काम गर्ने स्पेस-एक्सका सिइओ एलन अहिले संसारकै धनाढ्य हुन्। उनको सम्पत्ति करिब दुई खर्ब १४ अर्ब डलर छ।
पछिल्लो समय उनी सामाजिक सञ्जाल ट्विटर किनेर चर्चामा आएका थिए। उनी प्रायः जसो आफ्ना ट्विटहरूकै कारण पनि विवादमा आइरहेका हुन्छन्।
सिएनएनका अनुसार उनकी छोरी जेभियरले अदालतमा दिएको निवेदनको सुनुवाइ आगामी शुक्रबार हुने भनिएको छ।
उनले निवेदन अप्रिलमै फाइल भएको भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो। बाबुछोरी एलन र जेभियरले हालसम्म यसबारे कुनै औपचारिक टिप्पणी दिएका छैनन्।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago