किन संसारकै धनाढ्य एलन मस्ककी छोरीले ‘बाबुसँग कुनै नाता नजोड्ने

संसारकै धनी व्यक्ति एलन मस्ककी एक छोरीले अदालतमा आफ्ना बुवाबाट ‘अलग’ हुन निवेदन दिएकी छन्। अमेरिकी अखबार सिएनएनका अनुसार उनले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी हुन्।
उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन्।

एलनकी छोरी जेभियर अलेक्जेन्डर मस्कले यस्तो निवेदन दिएकी हुन्। १८ वर्षीया उनले आफ्नो नाम भिभियान जेना विल्सन राख्न चाहेको बताएकी छन्। विल्सन थर उनले आफ्नी आमा जस्टिन विल्सनबाट लिएकी हुन्।
सन् २००० मा क्यानडाकी नागरिक जस्टिनसँग एलनले बिहे गरेका थिए। सन् २००८ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्। एलनका सात सन्तानमध्ये पाँच जना जस्टिनका हुन्। तिनै पाँचमध्ये जेभियर एक हुन्।

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्षसम्बन्धी काम गर्ने स्पेस-एक्सका सिइओ एलन अहिले संसारकै धनाढ्य हुन्। उनको सम्पत्ति करिब दुई खर्ब १४ अर्ब डलर छ।
पछिल्लो समय उनी सामाजिक सञ्जाल ट्विटर किनेर चर्चामा आएका थिए। उनी प्रायः जसो आफ्ना ट्विटहरूकै कारण पनि विवादमा आइरहेका हुन्छन्।
सिएनएनका अनुसार उनकी छोरी जेभियरले अदालतमा दिएको निवेदनको सुनुवाइ आगामी शुक्रबार हुने भनिएको छ।
उनले निवेदन अप्रिलमै फाइल भएको भए पनि भर्खरै मात्र सार्वजनिक भएको हो। बाबुछोरी एलन र जेभियरले हालसम्म यसबारे कुनै औपचारिक टिप्पणी दिएका छैनन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago