भैरहवा: बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयासपछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजे पछि मंगलबार केही बेर अवस्था तनावग्रस्त भयो ।
दिउँसो करिब २ बजेबाट तनाव सुरू भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति सामान्य बनाएको थियो । त्यहाँ रहेका किशोरहरूले अनेक गतिविधि गर्न थालेपछि ठूलो संख्यामा प्रहरी पुगेको थियो तर प्रहरीमाथि नै उनीहरूले आक्रमण गरेपछि तनाव भएको थियो ।
कारागार विभागले बालकहरूलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । स्थानान्तरण गर्ने पत्र आएको खबर उनीहरूले थाहा पाएदेखि नै भित्र दैनिक रुपमा होहल्ला गर्ने, तोडफोड गर्ने जस्ता अनेक क्रियाकलाप गर्दै आएका थिए ।
वैशाख ४ गते पनि तोडफोड गरेर भित्र रहेका टिभी, पंखा लगायतका सामान तोडफोड गरेका थिए । मंगलबार दिउँसो करिब २ बजे सुधार गृहबाट केही किशोरहरूलाई अन्यत्र स्थानान्तरण गर्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गरेको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।
उनीहरूको आक्रमणबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भई उपचारमा छन् । डिएसपीको टाउको र अंग रक्षकको हातमा चोट लागेको छ ।
‘बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनीय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरूले साना किशोरमाथि दमन गर्दै पनि आएका थिए,’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् । उनीहरू मध्ये १० जना नेपालगंज, ४ जना कास्की र ३ जनालाई भक्तपुर स्थानान्तरण गरिएको हो ।
आज पठाउन लागिएको बेला जान्न भन्दै किशोरहरू आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएका सामानहरूले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरूले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएका थिए ।
किशोरहरू आक्रोशित भएपछि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अप्नाउँदै परामर्श गरेर स्थिती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयासपछि अवस्था नियन्त्रणमा आयो, सुधार गृहबाट उनीहरूलाई निकालेर सम्बन्धित जिल्ला पठाउनका लागि व्यवस्थापन गरिरहेका छौं,’ प्रहरी प्रमुख रेग्मीले भने । उनीहरू बुधबार स्थानान्तरित सुधार गृहमा पुग्ने छन् ।
किशोरहरू उग्र भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रु ग्यासको समेत प्रयोग गरेको स्थानीयले बताएका छन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा विभिन्न जिल्लाका ११० जना बालक तथा किशोरहरू बस्दै आएका थिए । बालबिज्याईले स्थानीय आजित भएपछि मंगलबार मात्रै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा सुधार गृह स्थानान्तरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…