काठमाडौँ: वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने उद्धार तथा नियमित उडान बन्द आन्दोलनमा बुद्ध एयर सहभागी नहुने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नियमित उडान हुने कान्तिपुरलाई बताए । बुद्ध एयरले काठमाडौंलगायत देशभरका विमानस्थलबाट दैनिक १ सय ४० हाराहारीमा आन्तरिक उडान गर्छ ।
बुद्ध एयरबाहेक आन्तरिक उडानमा तारा, यति, श्री, सौर्य, गुण गरी नौ वटा वायु सेवा छन् ।
काठमाडौंबाट हुने ३ सय हाराहारी उडानमा बुद्ध एयरको करिब ६० प्रतिशत हिस्सा छ ।

‘वायुसेवा सञ्चालक संघ’ले मंगलबार पत्रकार सम्मेलन गर्दै पर्याप्त भौतिक पूर्वाधारबिना एकपक्षीय ढंगले १९ वटा वायुसेवा कम्पनीका ९० वटा जहाज र हेलिकोप्टरमध्ये ४३ वटालाई काठमाडौं बाहिर स्थानान्तरण गर्ने निर्णयको विरोध गर्दै बुधबारदेखि आन्तरिक तर्फका नियमित र चार्टर हेलिकोप्टर उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
यसैबीच, नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विद्यमान अवस्थामा हवाई सेवा स्थगनको घोषणा गैरकानुनी रहेको भन्दै निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

वायु सेवा सञ्चालक संघले आपतकालीन उद्धारलगायत नियमित उडान बुधबारदेखि स्थगित गर्ने बताएपछि प्राधिकरणले मंगलबार राति विज्ञप्ति निकालेर हवाई सेवा निर्बाध रुपमा सञ्चालन गर्नु/गराउन सम्बन्धित निकायलाई आग्रह गरेको हो । प्राधिकरणले कानुन कार्यान्वयनसँग सम्बन्धित गुनासोका विषयमा छलफल/वार्ताद्वारा निष्कर्षमा पुग्न सकिने समेत प्रस्ट पारेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago