काठमाडौं: वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षभरी नै निक्षेपको ब्याज दर स्थिर राख्ने भएका छन्। ब्याज दर वृद्धिले थप निक्षेप नआउने बरु बजारमा उल्टो नकारात्मक असर पर्ने विश्लेषण गरेर बैंकहरुले चालु वर्ष ब्याज नबढाउने भएका हुन्।

‘औपचारिक/अनौपचारिक सहमति केही पनि भएको होइन, तर बढाउँदा फाइदा छैन भनेर कसैले पनि नबढाउने भन्ने स्वस्फूर्त सहमति भएजस्तै हो’ एक बैंकरले भने, ‘यसबाट उद्यमी व्यवसायीलाई थप दबाब पर्दैन।’

बैंकहरुको पछिल्लो समय निक्षेप बढ्नेभन्दा पनि घट्ने नै गरेको छ। निक्षेपमा सुधार भइहाले पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत माथि नै छ। पछिल्लो असोजदेखि ब्याज वृद्धिमा आक्रमक नीति लिएपनि निक्षेप सुधारमा काम नगरेपछि सुरुमा राष्ट्र बैंकको हस्तक्षेप र पछि आफ्नै सहमति गरेर ब्याज बृद्धि रोकिएको छ।

तैपनि तीन महिनाअघि ब्याज बढाएर बैंकहरुले साधारण मुद्दतिमा ११.०३, रेमिटेन्समा १२.०३ र संस्थागतमा १०.०३ प्रतिशत पुर्याएका छन्। साधारण बचतको ब्याज दर साधारण मुद्दतिको भन्दा बढिमा ५ प्रतिशत मात्र कम हुनु पर्ने व्यवस्था छ। यस कारण अहिले ब्याज दर स्थिर नै छ।

तर, मुद्दति निक्षेप नवीकरण र नयाँ आउने भएसँगै बैंकहरुको कोष लागत भने बढिरहेको छ। बढ्दो लागतले आधार दर उक्लिरहेको छ। त्यसैले नयाँ र नवीकरण हुने ऋणको ब्याज पनि बढिरहेको छ। पछिल्लो समय स्थिर ब्याजमा काम गरेकाहरुलाई मात्र लागत कम परेको छ।

आधार दर गत जेठबाट बढ्न थालेको हो। जेठमा ६.६६ प्रतिशत रहेको आधार दर चैत मसान्तसम्म आइपुग्दा ९.१७ प्रतिशत पुगिसकेको छ। यो भनेको २.५१ प्रतिशत विन्दुले बढी हो।

आधार दर अढाइ प्रतिशत बिन्दु हाराहारी बढेको देखिएपनि पछिल्लो समय बैंकहरुले स्प्रेड दर वृद्धि गरेर लगेकाले ऋण अझ महँगो हुन थालेको छ।

बैंकरका अनुसार, गत जेठसम्म ठूला कर्पोरेटले ‘वर्किङ क्यापिटल’ लगायत ऋण आधार दरकै हाराहारीमा लैजान्थे। यो भनेको बढिमा सात प्रतिशत हो। तर अहिले ऋणको ब्याज १२ प्रतिशत माथि पुगिसकेको छ।

‘निक्षेप ११ प्रतिशतमाथि उठाएपछि ऋणको ब्याज १२ प्रतिशत पुग्नु स्वभाविक हो’ एक बैंकरले भने, ‘राष्ट्र बैंकले यसमा कमिसन लिन नपाउने, त्यसमा शुल्क लिन नपाउने ब्यवस्था गरिदिएका कारण अभावका बीच ब्याजबाटै मार्जिन लिनु पर्ने अवस्था छ।’

अहिले बैंकहरुले ऋणीलाई पालो लगाएर ऋण दिन सक्ने अवस्था छ। माग्ने वित्तिकै ऋण पाइने अवस्था छैन। त्यही कारण बैंकहरुले जति ब्याज तोकेपनि ऋणीले तिर्नु पर्ने वाध्यता छ। यही कारण बैंकहरुले स्प्रेड बढाउन थालेका छन्। एकातिर आधार दर बृद्धि हुने र अर्कोतिर स्प्रेड माथि लिँदा ऋण थप महँगो पर्न थालेको छ।

पछिल्लो तीन महिनामा आधार दर आधा प्रतिशत विन्दुका दरले वृद्धि भइरहेको छ। तीन महिनामा डेढ प्रतिशत विन्दुले आधार दर बढेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago