पोखरामा गठबन्धनका उम्मेदवार धनराज आचार्यको मत ४० हजार नाघ्यो

२०७९, ८ जेष्ठ आईतवार ११:१९

काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।  हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मतसहित उनलाई पछ्याएकी छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु