उपत्यकास्थित प्रहरी कार्यालयहरूको नाम परिवर्तन

काठमाडौं: उपत्यकामा रहेका प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई अध्यादेशमार्फत केन्द्रित प्रहरीको मातहतमा ल्याएसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको नाम परिवर्तन गरिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरिएको छ । २०७८ वैशाख २१ मा सरकारले पहिलोपटक सो ऐन संशोधन गरेर उपत्यकाका प्रहरी युनिटहरुलाई केन्द्र मातहत ल्याउने निर्णय गरेको थियो । वर्तमान सरकारको सिफारिसमा चैत २२ मा राष्ट्रपतिले प्रमाणित गरेर सो अध्यादेशलाई निरन्तरता दिएकी छन् ।

काठमाडौं उपत्यकाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय नामकरण गरिएको छ । काठमाडौं उपत्यकाको अपराध अनुसन्धान गर्ने इकाई महानगरीय अपराध महाशाखाको नाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नामकरण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राखिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रहरी कार्यालयहरुलाई जिल्ला प्रहरी परिसर नामाकरण गरिएको छ । यसअघिका महानगरीय प्रहरी वृत्तहरुको नामको अगाडिको महानगरीय हटाइएको छ । नयाँ अध्यादेश अनुसार ‘प्रहरी वृत’ र त्यसपछि वृत अवस्थित ठाउँको नाम राखिएको छ । महानगरीय प्रहरी प्रभागहरुको नाम परिवर्तन गरेर ‘प्रहरी प्रभाग’ मात्रै राखिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई २०७८ मंसिर १५ मा दोस्रोपटक र २०७८ चैत २२ मा तेस्रोपटक संशोधन गरिएको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago