काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ विरुद्धको सिरिज खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । नेपालले जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी-२०को सिरिज खेल्नेछ । क्यानको घोषित टिममा २३ सदस्य छन् ।
त्यसमा कप्तान सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, कुशल भर्तेल, आरिफ सेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की र सुमन भारी छन् ।
यस्तै टिममा परेका अन्य खेलाडीमा पवन सर्राफ, अभिनास बोहरा, बासिर अहमद, लोकश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला छन् । जिम्बावेविरुद्धको १० दिन चल्ने शृंखला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…