त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बावे र नेपाल भिड्दै

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ विरुद्धको सिरिज खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । नेपालले जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी-२०को सिरिज खेल्नेछ । क्यानको घोषित टिममा २३ सदस्य छन् ।

त्यसमा कप्तान सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, कुशल भर्तेल, आरिफ सेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की र सुमन भारी छन् ।
यस्तै टिममा परेका अन्य खेलाडीमा पवन सर्राफ, अभिनास बोहरा, बासिर अहमद, लोकश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला छन् । जिम्बावेविरुद्धको १० दिन चल्ने शृंखला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago