काठमाडौं: लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आजबाट प्रदर्शन हुँदै छ। विमल सुवेदीको निर्देशनमा बनेको नाटक शुक्रबारबाट मन्डला थिएटरमा प्रदर्शन हुन लागेको हो।
गत वर्ष नै प्रदर्शन गर्ने भनिएको नाटक ‘पल्पसा क्याफे’ कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन। अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नेगरी तयारी भएको नाटक महामारीका कारण स्थगित भएको थियो। नाटकमा स्वस्तिमाको ठाउँमा अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने भएकी छिन्।
स्वस्तिमाले व्यस्तताका कारण नाटकमा काम गर्न नभ्याएकाले उनको ठाउँमा सृष्टिले अभिनय गरेकी हुन्।नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् भने दिलीप रानाभाटले सहनिर्देशन गरेका हुन्। लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तक ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण भने लेखक सुरज सुवेदीले गरेका छन्।
सृष्टिसँगै नाटकमा प्रमुख पात्र सिद्धार्थको भूमिकामा दिपेश राई देखिएका छन्। नाटकमा राई र श्रेष्ठसँगै विमल सुवेदी, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, चक्र पुलामीलगायतका कलाकारको अभिनय रहेको छ।
नाटक वैशाख ९ गतेदेखि २५ गतेसम्म प्रदर्शन हुनेछ। हरेक दिन साँझ ५ बजे नाटक थापागाउँ, बानेश्वरस्थित मण्डला थिएटरमा हेर्न सकिनेछ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…