आजबाट ‘पल्पसा’ क्याफे प्रदर्शन हुँदै

काठमाडौं: लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आजबाट प्रदर्शन हुँदै छ। विमल सुवेदीको निर्देशनमा बनेको नाटक शुक्रबारबाट मन्डला थिएटरमा प्रदर्शन हुन लागेको हो।

गत वर्ष नै प्रदर्शन गर्ने भनिएको नाटक ‘पल्पसा क्याफे’ कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन। अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नेगरी तयारी भएको नाटक महामारीका कारण स्थगित भएको थियो। नाटकमा स्वस्तिमाको ठाउँमा अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने भएकी छिन्।

स्वस्तिमाले व्यस्तताका कारण नाटकमा काम गर्न नभ्याएकाले उनको ठाउँमा सृष्टिले अभिनय गरेकी हुन्।नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् भने दिलीप रानाभाटले सहनिर्देशन गरेका हुन्। लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तक ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण भने लेखक सुरज सुवेदीले गरेका छन्।

सृष्टिसँगै नाटकमा प्रमुख पात्र सिद्धार्थको भूमिकामा दिपेश राई देखिएका छन्। नाटकमा राई र श्रेष्ठसँगै विमल सुवेदी, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, चक्र पुलामीलगायतका कलाकारको अभिनय रहेको छ।
नाटक वैशाख ९ गतेदेखि २५ गतेसम्म प्रदर्शन हुनेछ। हरेक दिन साँझ ५ बजे नाटक थापागाउँ, बानेश्वरस्थित मण्डला थिएटरमा हेर्न सकिनेछ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago