एसियामा नै नेपालको आर्थिक वृद्धिदर कमजोर

काठमाडौं: यस वर्ष दक्षिण एसियामा नै नेपालको आर्थिक वृद्धिदर कमजोर रहने देखिएको छ ।
पछिल्लो समय सार्वजनिक भएका विभिन्न रिपोर्टले दक्षिण एसियामा नेपालको अवस्था कमजोर रहने देखाएको छ । मंगलबार अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ‘वल्र्ड इकोनोमिक आउटलुक’ नामक रिपोर्टले श्रीलंका र पाकिस्तानपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर न्यून रहने प्रक्षेपण गरेको हो । कोषले श्रीलंका र पाकिस्तानले आर्थिक वर्ष २०२२ मा क्रमशः २.६ प्रतिशत र ४ प्रतिशतको आर्थिक वृद्धि गर्दा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
त्यस्तै गत बुधबार अर्थात् चैत ३० गते विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ नामक रिपोर्टमा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । जुन पाकिस्तानको भन्दा पनि थोरै हो । विश्व बैंकले चालू आर्थिक वर्षमा पाकिस्तानले ४.३ प्रतिशत तथा श्रीलंकाले २.४ प्रशितशतको आर्थिक वृद्धि हासिल हुने उल्लेख गरेको छ ।
बैंकले युक्रेन र रसियाबीचको युद्धले पारेको प्रभाव, उच्च मूल्यवृद्धि तथा न्यून विकास खर्चका कारण नेपालको आर्थिक वृद्धि न्यून हुने आकलन गरेको छ ।
नेपाल सरकारले भने चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । विभिन्न अध्ययनले ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल हुने आकलन गरिरहेको समयमा अर्थ मन्त्रालयको तथ्यांक विभागले यसको विषयमा अध्ययन गरिरहेको बताएको छ ।
“चालू वर्षमा नेपालको वृद्धिदरका विषयमा तथ्यांक विभागले अध्यायन गरिरहेको छ,” उनले भने, “सायद यसै महिनाको अन्त्यतिर रिपोर्ट सार्वजनिक हुनेछ । त्यहाँसम्म यति नै रहन्छ भन्न सक्ने अवस्था छैन ।”
यसअघि एसियाली विकास बैंकले पनि नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने बताएको थियो ।
पछिल्लो एक हप्तामा सार्वजनिक भएका दुवै रिपोर्टले दक्षिण एसियामा भारतको आर्थिक वृद्धि सबैभन्दा धेरै रहने प्रक्षेपण गरेका छन् । आईएमएफले भारतको आर्थिक वृद्धि ८.२ प्रतिशत रहने आंकलन गरेको छ भने विश्व बैंकले ८ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
बंगलादेश, माल्दिभ्स र भुटानले क्रमशः ६.४, ६.१ र ४.४ प्रतिशतको वद्धि कायम राख्ने आईएमएफको आकलन छ । साथै विश्व बैंकले माल्दिभ्सले ७.६ प्रतिशत, बंगलादेशले ६.४ तथा भुटानले ४.४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेका छन् । अफगानिस्तानको तथ्यांक भने सार्वजनिक गरेको छैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago