काठमाडौं: सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढङ्गले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले नेपालले चिनियाँ उद्यमका वैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन् । ‘म आशा गर्छु, नेपाली पक्षले चिनियाँ उद्यमका वैधानिक अधिकार र चासोको पूर्ण रक्षाका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्नेछ,’ उनले भनिन् । चिनियाँ लगानीकर्ताका व्यावहारिक समस्या समाधानका लागि नेपालले सहयोग गर्ने विश्वास उनले व्यक्त गरेकी छन् । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालमा सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीतिमा पनि परिवर्तन हुने र यसले जलविद्युत् लगायत क्षेत्रका ठुला परियोजना निर्माणसम्बन्धी नीतिमा पनि परिवर्तन हुँदा लगानीकर्तालाई अप्ठेरो पर्ने गरेको बताइन् । सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीति पनि परिवर्तन हुने प्रवृत्ति हुन नहुने उनको धारणा थियो।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago