भ्रष्टाचारको वीरगन्ज महानगर विरुद्ध सबैभन्दा बढी उजुरी

पर्सा: पर्साका स्थानीय तहमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी वीरगन्ज महानगरपालिकाको कार्यालय विरुद्ध परेको छ ।

आयोगको हेटौंडा कार्यालयले मंगलबार वीरगन्जमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया गोष्ठिमा आयोग हेटौंडा कार्यालयका प्रमुख अर्जुन प्रसाद शर्माले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
कार्यपत्र प्रस्तुत गर्दै प्रमुख शर्माले गत आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकाको कार्यालय विरुद्ध ३४ र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ५८ गरी ९२ उजुरी परेको जानकारी दिए ।

यस अवधिमा पर्साका अन्य स्थानीय तहमध्ये बहुदरमाई गाउँपालिका विरुद्ध ३८, बिन्दवासिनी गाउँपालिका विरुद्ध १७, सखुवाप्रसौनी गाउपालिका विरुद्ध १६, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका विरुद्ध १२/१२, धोबिनी गाउँपालिका विरुद्ध १०, पकाहा मैनपुर गाउँपालिका विरुद्ध ९, जगरनाथपुर गाउँपालिका विरुद्ध ८, ठोरी, जिराभवानी र छिपहरमाई गाउँपालिका विरुद्ध ५/५, पर्सागढी नगरपालिका विरुद्ध ४ र पटेर्वासुगौली गाउँपालिका विरुद्ध एउटा उजुरी परेको उनले बताए ।

मधेस प्रदेश र वाग्मती प्रदेशका १५ जिल्ला कार्यक्षेत्र रहेको आयोग हेटौंडा कार्यालयमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सबैभन्दा बढी बारा जिल्लाबाट ३ सय २६ भ्रष्टाचारको उजुरी परेको शर्माले बताए ।

त्यसपछि रौतहटबाट २ सय ९५, मकवानपुरबाट २ सय ५२ र पर्साबाट २ सय ३२ वटा उजुरी परेको उनले जानकारी दिए। शर्माका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा आयोग हेटौंडा कार्यालयमा जम्मा ९ सय २९ उजुरी परेकोमा तीमध्ये ५ सय १८ उजुरीको फर्छ्योट भइसकेको छ । जम्मा उजुरीमध्ये ५ सय १० बेनामी, ३ सय ७३ पुरुष, २५ संघसंस्था र २१ महिलाले उजुरी गरेको तथ्यांक छ ।

त्यस्तै ९ सय २९ उजुरीमध्ये ५ सय ११ पुरुष, ३ सय ८७ संघसंस्था र ३१ महिला आरोपित छन् । यी उजुरीमध्ये ६ सय ६० चिठ्ठीपत्रबाट, १ सय ४५ इमेलबाट, ५७ पत्रपत्रिका, ५० टेलिफोन, ८ फ्याक्स र ४ फेसबुकबाट परेका छन् ।

९ सय २९ मध्ये सबैभन्दा बढी ५ सय ४६ राजश्व हिनामिना, २ सय ४६ गैरकानुनी लाभ, ४२ ग्रोसरी सप र ८ शैक्षिक प्रमाणपत्रका छन् । ९ सय २९ मध्ये ५ सय १८ स्थानीय तह विरुद्ध र २ सय ३९ संघ सरकार अन्तर्गत कार्यालय विरुद्ध परेका छन् ।

गत आ र्थिक वर्ष र चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कार्यालयमा परेका उजुरीमध्ये ६ सय ४७ उजुरी स्थानीय तह तथा संघीय मामिला र २ सय ४६ शिक्षा मन्त्रालयसँग सम्बन्धित रहेका छन् ।

गोष्ठिमा आयोग मुख्य कार्यालय टंगालका उपसचिव वेदप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७/०७८ मा आयोगमा जम्मा २२ हजार ६ सय २५ वटा उजुरी परेकोमा तीमध्ये ६४ दशमलव २३ प्रतिशत अर्थात् १४ हजार ५ सय ३२ उजुरी फर्छ्योट भएको बताए । आयोगले जम्मा उजुरीमध्ये १ सय १४ मुद्दा विशेष अदालतमा पेस गरेको र ती मुद्दामा ४ सय ४३ जना प्रतिवादी बनाइएका छन् । उनीहरुबाट १ अर्ब ८५ करोड रुपैयाँ माग दाबी गरिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago