सशस्त्र द्वन्द्वका घाइतेलाई सुविधासहित गणतन्त्रका सेनानीको परिचय दिन माओवादीको माग

काठमाडौँ नेकपा (माओवादी केन्द्र)ले सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले मंगलबार शान्ति प्रक्रियासँग जोडिएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि पहल कदमी लिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,’ उनले भने, ‘सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।’

प्रधानमन्त्रीलाई सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगतालाई फेरि सूचीकृत हुने मौका उपलब्ध गराउन पनि माओवादीले आग्रह गरेको हो । ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ,’ उनले भने ।

सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको पनि मल्लले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago