सशस्त्र द्वन्द्वका घाइतेलाई सुविधासहित गणतन्त्रका सेनानीको परिचय दिन माओवादीको माग

काठमाडौँ नेकपा (माओवादी केन्द्र)ले सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांग भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले मंगलबार शान्ति प्रक्रियासँग जोडिएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि पहल कदमी लिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,’ उनले भने, ‘सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।’

प्रधानमन्त्रीलाई सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगतालाई फेरि सूचीकृत हुने मौका उपलब्ध गराउन पनि माओवादीले आग्रह गरेको हो । ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ,’ उनले भने ।

सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको पनि मल्लले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago