मैले चुनाब जित्न पनि गठबन्धन आवश्यक- पौडेल

तनहुँ​: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए ।

अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको भनाइ थियो ।

`कांग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्टसँग लड्नका लागि पनि गठबन्धन आवश्यक छ`, पौडेलले भने, `स्थानीयस्तरको आवश्यकता हेरेर गठबन्धनको निर्णय हुन्छ ।` वरिष्ठ नेता पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)का विषयमा जनताले पनि बुझ्न थालेको तर्क गरे ।

सुरुमा एमसीसीको विरोध गर्ने जनता पनि एमसीसीको बारेमा स्पष्ट भएको पौडेलको भनाइ थियो । `सुरुमा एमसीसी सुन्ने बित्तिकै जनता विरोधमा उत्रिन्थे, एमसीसीको विपक्षमा ठूलो माहोल थियो, अहिले जनताले पनि बुझिसकेका छन्`, पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले आजै भानु नगरपालिका–१२ आहालेमा आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा सुरु भएको विकासको अभियानलाई कांग्रेसले नै पूरा गर्ने बताए ।

उनले कांग्रेसको नेतृत्वमा देशभर विकासका काम सुरु भएको बताउँदै त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको बताए ।

नेता पौडेलले व्यास नगरपालिका–९ निवासी स्व सतञ्जीवी पौडेलको १३औँ दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पौडेलको निधनले कांग्रेसले इमान्दार कार्यकर्ता गुमाएको बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago