काठमाडौँ: चीनमा १३२ जना यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त बनेको छ । पहाडी क्षेत्रमा भएको दुर्घटनास्थलमा ठूलो आगलागी नै भएको दृश्य देखिएको छ ।

चीनको दक्षिणी क्षेत्र गुआङजी झुआङ स्वायत्त क्षेत्रमा सोमबार बोइङ ७३७ जहाज दुर्घटना भएको ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनाको क्रममा कति क्षति भयो भन्नेबारे यकिन जानकारी आइसकेको छैन ।
चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ विमानस्थलबाट दिउँसो १ बजेपछि ग्वाङझाओका लागि उडेको विमान दुर्घटनामा परेको हो । उक्त जहाज अपराह्न ३ बजे अवतरण गर्नुपर्ने तालिका थियो ।

दुर्घटनापछि घटनास्थलमा अहिले स्थानीय सरकारले ठूलो संख्यामा उद्धार टोली खटाएको सिन्ह्वाले जनाएको छ । चाइना इस्टर्न एयरलाइन्स कम्पनीको उक्त जहाज २०१५ को जुनदेखि मात्रै सञ्चालनमा ल्याइएको थियो । उक्त जहाजमा १२ बिजनेस क्लासका सिटसहित १६२ सिट रहेका थिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago