ओलीलाई एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार प्रदाप्त गरेका छन् । उनले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पदक ‘मेधावी योगदान’ प्राप्त गरेका हुन् । आज समापन भएको विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत् बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।
ओली मेधावी योगदान पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । साथै यस वर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको छ । ओली दुवैपटक प्रधनमन्त्री हुँदा उनले नेपाल स्काउट र यसका गतिविधिलाई विशेष चासोका रुपमा लिई स्काउट अभियानलाई देशैभरि विस्तार गर्न नीतिगत तथा आर्थिक हिसाबले सहयोग गरेका थिए ।
नेपाल स्काउट ऐन, २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । पूर्वप्रधानमन्त्री ओलीले नेपाल स्काउटको संरक्षको रुपमा गरेको योगदान नेपालमा मात्र नभई विश्व स्काउटमै प्रशंसायोग्य रहेको स्काउट सदस्यहरु बताउँछन् ।
प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै बालबालिकासँग प्रधानमन्त्री भन्ने कार्यक्रम नै सुरु गरेका थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago