ओलीलाई एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार प्रदाप्त गरेका छन् । उनले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो पदक ‘मेधावी योगदान’ प्राप्त गरेका हुन् । आज समापन भएको विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत् बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।
ओली मेधावी योगदान पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । साथै यस वर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको छ । ओली दुवैपटक प्रधनमन्त्री हुँदा उनले नेपाल स्काउट र यसका गतिविधिलाई विशेष चासोका रुपमा लिई स्काउट अभियानलाई देशैभरि विस्तार गर्न नीतिगत तथा आर्थिक हिसाबले सहयोग गरेका थिए ।
नेपाल स्काउट ऐन, २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । पूर्वप्रधानमन्त्री ओलीले नेपाल स्काउटको संरक्षको रुपमा गरेको योगदान नेपालमा मात्र नभई विश्व स्काउटमै प्रशंसायोग्य रहेको स्काउट सदस्यहरु बताउँछन् ।
प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै बालबालिकासँग प्रधानमन्त्री भन्ने कार्यक्रम नै सुरु गरेका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago