कोरोनाको कहर
दाजु र भाइ, दिदी र बहिनी नमन गर्दछु,
मनका कुरा हजुरको गाथमा एकपल्ट छर्दछु।
कोरोना कहर सनसनी फैलियो,भु-मण्डल भरमा
डर र त्रास सङसङै पुग्यो,प्रत्येक घरमा।
तीन चार पटक हात धुनुहोला,साबुन पानीले
धोए कि धोएनन ख्याल गर्नुहोला,ती बाबु नानिले।
ती बुढाबुढी घरका गहना,ख्याल गर्नु पर्छ है,
कोरोना आज यो धरा भरी,फैलिन्छ भन्छन् खै।
हिम्मत गरौं सहासी बनौ,यो युद्ध जित्नलाइ,
सिर्जनशील बनौ घरमा बसौ,जीवन सिक्नलाइ।
डाक्टर र नर्स औसधि बोकि बढ्दै छन युद्धमा,
मन शान्त पारौ,धैर्यवान बनौ उत्रौ है बुद्धमा।
युद्धमा गएर ती डाक्टर र नर्सले सफलता पाउने छन्,
विजय पश्चात् नेपाली हातका फुलमाला लाउने छन् ।
मज्दुरी गर्ने दाजु र भाइ दुखमा परेछन,
एक घुड्की पानी खाएर बस्ने अठोट गरेछन।
हुनेले बाडाै,सक्नेले दिऔ दुखको बेलामा,
आपतबिपत पर्दैछ आहिले दैवको खेलामा।
विदेस बस्ने दाजु र भाइले सम्झेछन् गाउँ घर,
खपेर बसौ बाडेर खाऔ नरोऔ है धर धर।
स्तुति होईन कर्ममा जुटि रोग सङ लड्नु छ,
सफलता पाउन कर्मठ बनी अगाडि बढनु छ।
( पशुपतिनाथले हामी सबैको कल्याण गरुन् )
-सुरेन्द्र चौहान
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…