कोरोनाको कहर
दाजु र भाइ, दिदी र बहिनी नमन गर्दछु,
मनका कुरा हजुरको गाथमा एकपल्ट छर्दछु।
कोरोना कहर सनसनी फैलियो,भु-मण्डल भरमा
डर र त्रास सङसङै पुग्यो,प्रत्येक घरमा।
तीन चार पटक हात धुनुहोला,साबुन पानीले
धोए कि धोएनन ख्याल गर्नुहोला,ती बाबु नानिले।
ती बुढाबुढी घरका गहना,ख्याल गर्नु पर्छ है,
कोरोना आज यो धरा भरी,फैलिन्छ भन्छन् खै।
हिम्मत गरौं सहासी बनौ,यो युद्ध जित्नलाइ,
सिर्जनशील बनौ घरमा बसौ,जीवन सिक्नलाइ।
डाक्टर र नर्स औसधि बोकि बढ्दै छन युद्धमा,
मन शान्त पारौ,धैर्यवान बनौ उत्रौ है बुद्धमा।
युद्धमा गएर ती डाक्टर र नर्सले सफलता पाउने छन्,
विजय पश्चात् नेपाली हातका फुलमाला लाउने छन् ।
मज्दुरी गर्ने दाजु र भाइ दुखमा परेछन,
एक घुड्की पानी खाएर बस्ने अठोट गरेछन।
हुनेले बाडाै,सक्नेले दिऔ दुखको बेलामा,
आपतबिपत पर्दैछ आहिले दैवको खेलामा।
विदेस बस्ने दाजु र भाइले सम्झेछन् गाउँ घर,
खपेर बसौ बाडेर खाऔ नरोऔ है धर धर।
स्तुति होईन कर्ममा जुटि रोग सङ लड्नु छ,
सफलता पाउन कर्मठ बनी अगाडि बढनु छ।
( पशुपतिनाथले हामी सबैको कल्याण गरुन् )
-सुरेन्द्र चौहान
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…